टीभीएस सुपरमोटो आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक

भारत मोबिलिटी एक्सपो–२०२५ मा टीभीएसले दुई नयाँ बाइकको कन्सेप्ट सार्बजनिक गरेको छ । कम्पनीले पहिलोपटक सुपरमोटो सेग्मेन्टको आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक गरेको हो ।

आरटिएस एक्समा प्रयोग गरिएको मेनफ्रेम अपाचे आरटिआर ३१० जस्तै देखिन्छ भने सबफ्रेम पूर्णतया नयाँ छ । यस कन्सेप्ट बाइकमा लामो सिंगल–पीस सिट राखिएको छ । वडी वर्कको कुरा गर्नुपर्दा यस मोटरसाइकलमा मस्कुलर फ्युल ट्यांक, फ्ल्याट एलईडी हेडलाइट, आंशिक फ्रन्ट फोर्क कभर र नकल गार्ड समाबेश गरिएको छ ।

यसको तौल १४४ किलोग्राम छ र २.८ सेकेन्डमा ६० किमी/घन्टा र ६.३ सेकेन्डमा १०० किमी÷घण्टामा स्प्रिन्ट गर्न सक्छ । साथै, यस कन्सेप्ट बाइकमा २९९ सिसी को इन्जिन जडान गरिएको छ ।

टीभीएस मोटर्सले सार्बजनिक गरेको अर्को नयाँ बिद्युतिय स्कुटर भिजन आईक्युव कन्सेप्ट हाल उपलब्ध मोडलको तुलनमा निकै ठूलो छ । यस स्कूटरमा इन्स्ट्रुमेन्ट क्लस्टरको सट्टामा हेड अप डिस्प्ले राखिएको छ ।

डायमण्ड आकारको एलईडी हेडलाइट, सिंगल–पीस सिट, मस्कुलर साइड बडी प्यानल, इन्भर्टेड ’यू’ आकारको एलईडी टेल लाइटसहित विस्तारित टेल सेक्शन, दुवै छेउमा ठूलो डिस्क ब्रेक र फ्याट टायरहरू यस स्कुटरका प्रमुख विशेषताहरु हुन् ।

सम्बन्धित समाचारहरू

बिर्तामोडमा ‘एनटर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

बिर्तामोडमा ‘एनटर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा...

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...