टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, ६० मिनेटभित्रै स्पेयर पार्ट्सको सुबिधा

काठमाडौं — टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।

यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’ को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ ।

यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’ को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने कम्पनीको भनाइ छ ।

ग्राहकहरूको सहजतालाई विशेष प्राथमिकतामा राख्दै, टीभीएसले चुनिएका सर्भिस स्टेसनमार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौं उपत्यकाका ग्राहकलाई प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ ।

यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ । टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

सम्बन्धित समाचारहरू

टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’

टिभिएस रेडर बन्यो यो वर्षको ‘इन्डियन मोटरसाइकल अफ दि इयर’

टिभिएस रेडरले यो बर्षको इन्डियन मोटरसाइकल अफ दि इयर अवार्ड हात पारेको छ ।...

देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटरको माइलेज क्याम्प

देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटरको माइलेज क्याम्प

काठमाडौं– टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...