सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक
काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...
चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरको जिकर एक्स ईभीले हालै २०२४ युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यस अन्तर्गत मापन गरिएको स्ट्यान्डर्ड अनुसार जिकर एक्स बेस्ट इन क्लास ईभी बनेको छ ।
एडल्ट अकुपेन्ट प्रोटेक्सन अन्तर्गत फ्रन्टल र लेटरल इम्प्याक्ट रिजल्टमा जिकर एक्सले ९१ प्रतिशत स्कोर पाएको छ । त्यसैगरी चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ९० प्रतिशत स्कोर पाएको छ । यसमा भएको आइसोफिक्स र आई–साइज स्टिलिङ पोजिसनमा म्याक्सिमम प्वाइन्ट पाएको छ ।
भल्नरेवल रोड युजर्स प्रोटेक्सनमा यसले ८४ प्रतिशत स्कोर पायो । यसमा भएको अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम र साइक्लिस्ट ‘डोरिङ’ प्रिभेन्सनले यसमा भूमिका खेलेको छ ।
सेफ्टी असिस्ट क्याटागोरीमा यसले ८३ प्रतिशत स्कोर पाएको छ । यसमा भएका लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र ड्राइभर मोनिटरिङ सिस्टम लगायतका फिचरले यसमा भूमिका खेलेको छ ।
जिकर एक्समा भएका ई–कल इमर्जेन्सी अलर्ट सिस्टम, मल्टी–कोलिजन ब्रेकिङ र विभिन्न सेफ्टी फिचरले कारलाई विशेष सुरक्षित बनाएको मान्न सकिन्छ ।
नेपाली बजारमा समेत जिकर एक्स बिक्रीका लागि उपलब्ध छ । नेपालमा यसको आधिकारिक वितरकको रुपमा पायोनियर मोटोकर्पले कार्य गरिरहेको छ ।
नेपाली बजारमा स्ट्यान्डर्ड र फ्ल्यागसिप गरी दुई भेरिएन्टमा जिकर एक्स उपलब्ध छ । यसको मूल्य क्रमशः ८४ लाख ९९ हजार र १ करोड ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...
इलेक्ट्रिक कार याङवाङ यु९ एक्स्ट्रिमले ४९६.२२ किलोमिटर प्रतिघण्टाको...
हुन्डाईले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को पहिलो लट पुरै बुक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...