एमजीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा ४ नयाँ कार सार्वजनिक गर्ने

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा १७ देखि २२ जनवरीसम्म आयोजित हुँदै छ । उक्त शोमा एमजी मोटर्सले ४ एसयूभी सहित ६ नयाँ एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एमजीले उक्त शोमा एमजी रोडस्टर, एमजी साइबरस्टरका साथै एमजी एम९ लिमोजिन, आईएमएल६ सेडान, एमजी ७ ट्रफी स्पोर्ट्स सेडानका साथै विन्डसर ईभी र हेक्टर जस्ता गाडीहरू सार्वजनिक गर्ने भएको छ । साथै कम्पनीले ब्याट्री टेक्नोलोजी र ग्राहकहरुका लागि अन्तरक्रियात्मक क्षेत्र पनि प्रदर्शन गर्न गइरहेको छ । एमजी मोटर इन्डियाले भविष्यका सवारीसाधन स्मार्ट प्रविधिले सुसज्जित हुने र वातावरणमैत्री हुने विश्वास लिएको छ।

यी मध्ये सबैभन्दा विशेष एमजी साइबरस्टर हुनेछ। सो स्पोर्ट्स कारले आफ्नो आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनले सबैलाई प्रभावित गर्नेछ। यस बाहेक एमजी एम ९ लिमोजिनले पनि मानिसको ध्यान आकर्षित गर्नेछ ।

आईएमएल६ सेडान एमजी मोटरको अर्को आकर्षक एसयूभी हुनेछ । सो कार यसको सोलिड स्टेट ब्याट्री प्रविधिको लागि परिचित हुनेछ। सो प्रविधिले ब्याट्रीलाई सुरक्षित र लामो समयसम्म चल्न सक्ने बनाउनेछ । जबकि, एमजी ७ ट्रफी एक स्टाइलिस स्पोर्ट्स सेडान हो, जसमा शक्तिशाली इन्जिन र आधुनिक फिचर रहेको छ ।

एमजी ७ ट्रफी पनि नयाँ क्याबिन र उन्नत कनेक्टिभिटी विकल्पको साथ एक फास्टब्याक स्पोर्ट्स सेडान हो । यसमा एयरोडायनामिक डिजाइन र २.० लिटर टर्बोचार्ज्ड इन्जिन समावेश गरिएको छ । एमजीको हाल सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार विन्डसर ईभी र हेक्टर मिडसाइज एसयूभी पनि प्रदर्शित हुनेछ ।

सम्बन्धित समाचारहरू

२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर

२०२१ का लागि एमजी एस्टर सोल्ड आउट, यस्तो छ फिचर

बेलायती अटोमोबाइल कम्पनी एमजी मोटरले नयाँ मिड साइज एसयूभी एमजी एस्टरलाई...

३ वर्ष पुरानो ईभीमा एमजीले ६० प्रतिशत ‘बाइब्याक ग्यारेन्टि’ दिने

३ वर्ष पुरानो ईभीमा एमजीले ६० प्रतिशत ‘बाइब्याक ग्यारेन्टि’ दिने

भारतमा एमजी ईभी खरिद गर्ने ग्राहकले ‘बाइब्याक ग्यारेन्टि’ पाउने भएका छन्...

बुटवल र भैरहवामा एमजी एस५ को बिक्री सुरु

बुटवल र भैरहवामा एमजी एस५ को बिक्री सुरु

काठमाडौं– एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एस५ बुटवल र भैरहवामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...