नेपाल नआइपुग्दै महंगो भयो एमजी विन्डसर, मुल्य कति बढ्यो ?

एमजीले गत सेप्टेम्वरमा लन्च गरेको नयाँ ईभी विन्ड्सर थप महंगो भएको छ । एमजी मोटर इन्डियाले विन्डसरको मूल्य ५० हजार भारु बृद्धि गरेको हो ।

नेपाल आउने प्रतिक्षामा रहेको यस ईभीको शुरुवाती मुल्य अव भारतमा १३ लाख ९९ हजार पर्ने जनाइएको छ । नेपाल नआउँदै मुल्य बढेका कारण विन्डसर अव बृद्धि भएको नयाँ मुल्यमा आउनेछ ।

कम्पनीले पहिलो १० हजार युनिटका लागी विशेष मुल्य र निशुल्क चार्जिङ सुबिधा दिने बताएको थियो । अव यी दुबै सुबिधा अन्त भएको कम्पनी भनाई छ ।

विन्डसर ईभी एक्साइट, एक्सक्लुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । जसको नयाँ मुल्य क्रमशः १३ लाख ९९ हजार, १४ लाख ९९ हजार र १५ लाख ९९ हजार पर्ने जनाइएको छ ।

सो नयाँ ईभीमा ३८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले सिंगल चार्जमा ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । १०० किलोवाट क्षमताको मोटर जडान गरिएको कारले १३४ बीएचपी र २०० एनएम टर्क जनेरेट गर्दछ ।

कारमा इको प्लस, इको, नर्मल र स्पोर्ट गरी कुल चारवटा ड्राइभिङ मोड दिइएको छ । डिसी फास्ट चार्जरको साहयताले यसलाई ४० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चेरी ब्रान्ड नेपाल प्रवेश गर्ने आधिकारिक घोषणा, सम्पन्न भयो समारोह

चेरी ब्रान्ड नेपाल प्रवेश गर्ने आधिकारिक घोषणा, सम्पन्न भयो समारोह

काठमाडौं – विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली...

लिक्विड सोलिड स्टेट ब्याट्रीमा आउँदै एमजी ४, बीवाईडी एट्टो २ सँग प्रतिस्पर्धा गर्ने

लिक्विड सोलिड स्टेट ब्याट्रीमा आउँदै एमजी ४, बीवाईडी एट्टो २ सँग प्रतिस्पर्धा गर्ने

एमजीले आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी ४एक्स लिक्वड सोलिड ब्याट्रीका साथ...

५२९ किमी रेन्ज र १८० किलोवाट मोटर लगायतका फिचर भएको एमजी एस६ ईभी नेपाल भित्रिदै

५२९ किमी रेन्ज र १८० किलोवाट मोटर लगायतका फिचर भएको एमजी एस६ ईभी नेपाल भित्रिदै

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...