हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा प्रवेश गर्ने योजना बनाएको छ । दुवै कम्पनीले भारतीय बजारका लागि संयुक्त रुपमा विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन विकास गर्न वार्ता गरिरहेको बताइएको छ ।

साझेदारीको सही विवरण बाहिर नआए पनि, हुन्डाईले नयाँ इलेक्ट्रिक थ्री–ह्विलरको डिजाइन र इन्जिनियर गर्ने सम्भावना छ भने टीभीएसले यसलाई निर्माण गर्ने रिपोर्टहरु बाहिर आएका छन् । यी दुई कम्पनीले संयुक्त रुपमा विकास गर्ने सो नयाँ सवारीसाधनको कन्सेप्ट आगामी भारत मोबिलिटी एक्सपोमा देख्न सकिने अनुमान गरिएको छ ।

यसअघि, हुन्डाईका कार्यकारी अध्यक्ष चुङ इउई–सनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोबिलिटीको भविष्य र भारत र हुन्डाई मोटर समूहले मोबिलिटी उद्योगको विकास गर्न नजिकबाट काम गर्न सक्ने तरिकाहरूबारे छलफल गरेका थिए ।

भारतमा इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्ट द्रुत गतिमा बढिरहेको छ । गत वर्ष यी साधन ६ लाख ५० हजार बढी युनिट बिक्री हुँदा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बृद्धि हाँसिल गरेको थियो । भएको थियो ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...