यी हुन् यो वर्ष लन्च गरिएका १२५ सीसी देखि १३०० सीसीसम्मका रोचक बाइक

सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् । यी बाइक हरेक राइडरको आवश्यकता पूरा गर्न डिजाइन गरिएका छन् । यसमा १२५ सीसी बाइक देखि ६५० सीसी क्रुजर बाइकसम्म रहेको छ । यो वर्ष बजारमा उपलब्ध मोटरसाइकलमा केही विशेष क्षमता रहेका छन् ।

यी मध्ये अधिकांश मोडल नेपाली बजारमा उपलब्ध नभए पनि भविष्यमा आउने सम्भावना छ ।

बजाज पल्सर एन १२५ : पल्सर एन १२५ मा १२४ सीसी एयर कुल्ड इन्जिनको साथ नयाँ डिजाइन गरिएको छ। यसमा जडान गरिएको इन्जिनले १२ बीएचपीको पावर र ११ एनएमको टर्क जेनेरेट गर्छ। यसको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा डिजिटल ड्यास र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर प्रदान गरिएको छ । यसको मूल्य ९३ हजार ९०० भारु रहेको छ ।

हिरो एक्सट्रिम १२५आर : हिरोको एक्सट्रिम १२५आरमा १२५ सीसीको इन्जिन जडान गरिएको छ, जसले ११.५५ पीएसको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको शार्प स्टाइल र एगाइल ह्यान्डलिङले यसलाई विशेष बनाउँछ। यसको मूल्य १ लाख ४ हजार भारु छ ।

बजाज फ्रिडम १२५ : बजाज फ्रिडम १२५ विश्वको पहिलो सीएनजी मोटरसाइकल हो । सो बाइक पेट्रोल र सीएनजी दुबैमा चल्न सक्छ । यसमा १२५ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ९.३ बीएचपी पावर र ९.७ एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार सो बाइकले सीएनजीमा १०२ किलोमिटर र पेट्रोलमा प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ । यसको मूल्य ८० हजार भारु छ ।

जावा ४२ एफजे : जावा ४२ एफजेमा ३३४ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २९.२ पीएस पावर र २९.६ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स र स्लिप एण्ड असिस्ट क्लच रहेको छ । यसको मूल्य १ लाख ९९ हजारदेखि २ लाख २० हजार भारु छ ।

बजाज पल्सर एनएस४००जेड : पल्सर एनएस४००जेडमा ७३ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ४० पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ। यसलाई स्लिप एण्ड असिस्ट क्लचको साथमा ६ स्पिड गियरबक्ससँग जोडिएको छ। यसमा यूएसडी फोर्क्स, ड्युअल च्यानल एबीएस र एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल जस्ता फिचर रहेको छ । यसको मूल्य १ लाख ८५ हजार भारु छ ।

रोयल इन्फिल्ड गुरिल्ला ४५० : रोयल इन्फिल्ड गुरिल्ला ४५० मा ४५२ सीसी लिक्विड-कुल्ड इन्जिन प्रयोग गरेको छ, जसले ४०.०२ पीएस पावर र ४० एनएम पीक टर्क उत्पन्न गर्छ। यसको मूल्य २ लाख ३९ हजारदेखि २ लाख ५४ हजार भारुसम्म छ ।

बीएसए गोल्ड स्टार ६५० : बीएसए गोल्ड स्टार ६५० एक रेट्रो स्टाइलको ६५० सीसी सिंगल सिलिन्डर बाइक हो, जसले ४५.६ पीएस पावर र ५५ एनएम पीक टर्क उत्पादन गर्छ। सो बाइक मार्फत बीएसए भारतमा पुन: प्रवेश गरेको हो । सो बाइक विशेष गरी क्लासिक बाइक मन पराउने राइडरको लागि बनाइएको हो । यसको मूल्य २ लाख ९९ हजारदेखि ३ लाख ३५ हजार भारुसम्म छ ।

बीएमडब्ल्यु आर १३०० जीएस : बीएमडब्ल्यु आर १३०० जीएसमा १३०० सीसी, लिक्विड कुल्ड, फ्ल्याट-ट्विन इन्जिन छ, जसले १४५ पीएसको पावर र १४९ एनएमको टर्क उत्पन्न गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्स र स्लिप एण्ड असिस्ट क्लचसँग जोडिएको छ। सो बाइकको इलेक्ट्रोनिक सुइट उत्कृष्ट छ र यो लामो दुरीको यात्राका लागि निकै सहज पनि छ । यसको मूल्य २० लाख ९५ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

डुकाटीले आफ्नो पहिलो मोटोक्रस मोटरसाइकल डुकाटी डेस्मो४५० एमएक्स भारतीय...

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...