बर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता

barsha basnet tvs

नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् । भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत तीन संस्करणदेखि चौथो संस्करण सम्म आइपुग्दा यसले मानिस र मेसिन विचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।

‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिङ’ भन्ने नारासहित आयोजित महोत्सवको यो चौथो संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकको भनाइ छ ।

महोत्सवको सो चौथो संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेस, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको सो महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्र्दै गइरहेको छ ।

बर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्सामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ । टीभीएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

टीभीएस मोटोसोलका आयोजकहरूले महोत्सवको सफलताका लागि आभार व्यक्त गर्दै भने, ‘यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभई मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो । यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ र यस वर्ष बर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएका छन् ।’

टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेको आयोजकको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...