मूल्य घटेर आयो टीभीएस रोनिनको २०२५ संस्करण

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले मिड–स्पेक भेरियन्टबाटै डुअल–च्यानल एबीएस प्राप्त गर्ने जनाइएको छ ।

भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोलमा सो नयाँ बाइक सार्वजनिक गरिएको हो । बाइकमा नयाँ कलर अप्सनका साथै नयाँ सेफ्टी फिचर समावेश गरिएको छ । सो बाइक सन् २०२५ जनवरीमा बजारमा उपलब्ध हुनेछ ।

नियो–रेट्रो डिजाइन रहेको रोनिन सन् २०२२ मा पहिलोपटक लन्च गरिएको थियो । । २०२५ संस्करण दुई नयाँ रंग ग्लेशियर सिल्भर र चारकोल एम्बरमा उपलब्ध हुने कम्पनी भनाई छ यसअघि उपलब्ध डेल्टा ब्लू र स्टारगेज ब्ल्याक शेडलाई भने बन्द गरिएको छ ।

सो नयाँ संस्करणमा २२५.९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो नयाँ इन्जिनले २० बिएचपी पावर र २० एनएम नै टर्क जनेरेट गर्दछ भने यसलाई ५ स्पीड गियर बक्समा जोडिएको छ ।

रोनिनमा अपसाइड–डाउन फ्रन्ट फोर्क र रियरमा मोनो–शक सस्पेन्सन लगाइएको छ । सुरक्षाका लागि यसको दुबै चक्कामा डिस्क ब्रेक र डुअल च्यानल एबिएस राखिएको छ ।

२०२५ संस्करणसंगै टीभीएसले रोनिनको मूल्य १५ हजार भारुले घटाएको छ । बाइकको मूल्य अब १ लाख ३५ हजार भारुबाट सुरु हुने जनाइएको छ ।

रोनिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोटरसाइकल हो । नेपाली बजारमा यसको मुल्य ४ लाख ६० हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...