दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड लन्च गरेको छ। कम्पनीले दुवै इलेक्ट्रिक स्कुटरलाई दुई भेरिएन्टमा ल्याएको छ । यसमा ओला गिग, गिग प्लस, एस१ जेड र एस१ जेड प्लस समावेश छ ।

दुबै इलेक्ट्रिक स्कुटरमा १.५ किलोवाट क्षमताको रिमुभेवल ब्याट्री जडान गरिएको छ । ओला गिगको डेलिभरी अप्रिल २०२५ मा सुरु हुनेछ र एस१ जेडको डेलिभरी मे २०२५ मा सुरु हुनेछ । ओला गिगले कोमाकी एक्सवन र एभन इलेक्ट्रिक स्कुटर ५०४ जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ भने ओला एस१ जेडले युलु विन र जेलियो ईभासँग प्रतिस्पर्धा गर्नेछ।

गिग स्लो स्पिड स्कुटर हो । यसमा परफर्मेन्सका लागि २५० वाटको मोटर जडान गरिएको छ, जसलाई चार्ज गर्नको लागि १.५ किलोवाटको सिंगल पोर्टेबल ब्याट्री प्रदान गरिएको छ । स्ट्यान्डर्ड गिगले फुल चार्जमा ११२ किलोमिटर रेन्ज प्रदान गर्छ र यसको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।

गिग प्लसको फ्रन्टमा प्यानल, एलसीडी स्क्रिन र सिंगल सिटको साथमा पछाडि स्टोरेज बक्स दिइएको छ। स्कुटरमा परफर्मेन्सका लागि १.५ किलोवाटको मोटर जडान गरिएको, जसमा चार्जिङका लागि १.५ किलोवाटको ब्याट्री प्याक प्रदान गरिएको छ ।

गिग प्लस सिंगल ब्याट्री प्याकको साथमा ८१ किलोमिटर चल्ने कम्पनीको दाबी छ, जबकि दुई ब्याट्री प्याकको साथमा फुल चार्जमा १५७ किलोमिटर सम्म चल्न सक्छ र यसको टप स्पिड ४५ किलोमिटर प्रति घण्टा छ।

ओलाले एस१ जेडको डिजाइन एकदम सरल बनाएको छ। यसमा अल राउन्ड एलईडी लाइट दिइएको छ। यो दुई भेरिएन्ट एस१ जेड र एस१ जेड प्लसमा उपलब्ध छ। एस१ जेडमा डबल सिट र एस१ जेड प्लस भेरिएन्टमा सिंगल सिटको साथमा फ्रन्ट एप्रोन र पछाडिको सिटमा स्टोरेज बक्स दिइएको छ ।

दुवै भेरिएन्टमा परफर्मेन्सका लागि रियर ह्विलमा ३ किलोवाट पावरको हब मोटर प्रदान गरिएको छ । स्कुटरले ४.७ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने र यसको टप स्पिड ७० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ । यसमा एलसीडी स्क्रिन र स्मार्टफोन कनेक्टिभिटी रहेको छ ।

ब्याट्री चार्ज गर्नको लागि १.५ किलोवाटको सिंगल स्वापेबल ब्याट्री प्याक प्रदान गरिएको छ । स्कुटरको रेन्ज ७५ किलोमिटर छ, जबकि ड्युअल ब्याट्री प्याकको साथमा यसको रेन्ज १४६ किलोमिटर हुनेछ।

सम्बन्धित समाचारहरू

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु

नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु

काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...

याडियाको मेगा एक्सचेन्ज कार्निभल सुरु, एक्सचेन्ज वोनस र मासिक किस्तावन्दिको सुबिधा

याडियाको मेगा एक्सचेन्ज कार्निभल सुरु, एक्सचेन्ज वोनस र मासिक किस्तावन्दिको सुबिधा

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...