अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ । सीएफमोटोको पेट्रोल बाइक तथा जिहोका ईभी स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो ।

उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् ।

हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ ।

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ ।

फेमिली स्कुटरको रुपमा डिजाइन गरिएको एई४ मा ३१ लिटरको बुट स्पेस, फराकिलो फुट स्पेस, लिथियम आयोन ब्याट्री, एबीएस, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, ३ हजार वाट पिक पावर लगायतका विशेषता रहेका छन् ।

सम्बन्धित समाचारहरू

मर्सिडिजले गुगल म्याप र युट्युबसहित कार अपडेट गर्ने

मर्सिडिजले गुगल म्याप र युट्युबसहित कार अपडेट गर्ने

लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आफ्नो कारमा नेभिगेसन सुधार...

फोर्थिङको ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्बजनिक, ७ लाख सम्मको विशेष लाभ

फोर्थिङको ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्बजनिक, ७ लाख सम्मको विशेष लाभ

काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौं – नेपाली बजारमा भर्खरै भित्रिएको चाइनिज ब्रान्ड चांगनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...