२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले
सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...
लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आफ्नो कारमा नेभिगेसन सुधार गर्नका लागि गुगलसँग साझेदारीको घोषणा गरेको छ । यो साझेदारी अनुसार मर्सिडिज बेन्जका लक्जरी कारमा गुगल म्यापबाट ड्राइभिङ अनुभव सिर्जना गर्न मद्दत पुग्ने छ ।
यो साझेदारीसँगै मर्सिडिज बेन्जका कारमा गुगलले प्लेस डिटेल्स जस्ता फिचर उपलब्ध गराउने छ । कम्पनीले गुगल क्लाउडको आर्टिफिसियल इन्टेलिजेन्स, डाटा र ओपन इन्फ्रास्ट्रक्चर सोलुसन प्रयोग गरेर थप सहकार्य गर्न सहमत भएको छ ।
मर्सिडिज बेन्जले इन्फोटेनमेन्ट सिस्टममा युट्युब एपलाई पनि समावेश गर्नेछ । साथै मर्सिडिज बेन्जले चारदोबाटो र गोलाकार बाटोमा अटोमेटिक स्पिड एड्जस्टमेन्ट गर्नका लागि गुगल म्याप डाटा प्रयोग गर्नेछ ।
यो साझेदारीले मर्सिडिज बेन्जलाई टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ । यसैबीच जनरल मोटर्स, रेनो, निसान र फोर्ड जस्ता कम्पनीले आफ्ना कारमा गुगलको सो फिचर प्रयोग गर्ने भएका छन् ।
सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...
जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...
बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...