डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ ।
सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर दिने कम्पनीको विश्वास छ ।
फोर्थिङ फ्राइडे ईभी खरिदमा ग्राहकले यो विशेष अफरअन्तर्गत ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यस अफरमा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन, नयाँ गाडी खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राका लागि अटो प्लस इन्स्योरेन्स सुविधा समावेश गरिएका छन् ।
त्यसैगरी, कम्पनीले सडक कर व्यवस्था, निःशुल्क स्पेयर टायर र एसी चार्जर, सरप्राइज गिफ्टलगायत सुविधा ग्राहकलाई दिनेछ । फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुपअन्तर्गतको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटरद्वारा सञ्चालित ब्रान्ड हो ।
लक्ष्मी ई–मोबिलिटीका अनुसास, यस ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...