ई–भिटाराको ब्याट्रीमा सुजुकीले १० वर्षको वारेन्टी दिने
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले ‘सुजुकी समर क्याम्प’ को घोषणा गरेको छ । यो राष्ट्रव्यापी अभियान आगामी जेठ २४ देखि २६ सम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरुमा सञ्चालन हुनेछ ।
नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा सीजी मोटोकर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकुन् भन्ने उद्देश्यले यो अभियान ल्याएको कम्पनीले बताएको छ। यो समयमा भारी वर्षा र फिसलो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भएकोले सो क्याम्प सान्दर्भिक हुनेछ । तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत–सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछन्।
यस अनुसार स्पेयर पार्ट्समा १० प्रतिशत, लुब्रिकेन्टमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छुट प्रदान गरिने छ भने सुजुकी डायग्नोस्टिक टुल जाँच, सामान्य सवारी निरीक्षण, हिटर तथा एयर कन्डिसनिङ जाँच र ब्याट्री परीक्षण निःशुल्क हुनेछ ।
बम्पर लकी ड्रः लक्जरी स्टेकेसन जित्ने मौका
सेवा सुविधाका अतिरिक्त, यस क्याम्पमा एक रोमाञ्चक लक्की ड्रको आयोजना गरिनेछ। क्याम्पका दौरान आफ्नो गाडी सर्भिस गर्ने ग्राहकहरूमध्येबाट छनोट भएका दश भाग्यशाली विजेताले प्रत्येकले नगरकोटको भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने मौका पाउनेछन् ।
काठमाडौं उपत्यकाको मनोरम पहाडी परिवेशमा मनलाई ताजगी दिने एक अद्वितीय अनुभव हुनेछ । क्याम्पमा सर्भिस गराउने सबै ग्राहकहरू स्वतः यस लकी ड्रमा सहभागी हुनेछन्।
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...
मारुती सुजुकीको मिड साइज एसयूभी ग्राण्ड भिटारा लन्च भएको २ वर्षभन्दा कम...
सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...