सुजुकीको सानो कार इग्निस अब इलेक्ट्रिक भर्सनमा पनि

सुजुकीले आफ्नो लोकप्रिय एसयूभी इग्निसलाई इलेक्ट्रिक भर्सनमा पुनः लन्च गर्ने तयारी गरिरहेको छ । भारतीय बजारमा अप्रिल २०२६ मा पेट्रोल इग्निसको उत्पादन बन्द गरिएको थियो। अब कम्पनीले इग्निस ईभीमा पुन: लन्च गर्न लागेको हो ।

नयाँ इलेक्ट्रिक इग्निसमा २६ किलोवाट आवरको एलएफपी ब्याट्री, ९० बीएचपी क्षमताको इलेक्ट्रिक मोटर र चार सिटे क्याबिन उपलब्ध हुनेछ। सुजुकीले नयाँ इग्निस ईभीलाई २०२७ को समर सिजनमा युरोपेली बजारमा लन्च गर्ने तयारी गरेको छ। युरोपेली बजारलाई लक्षित गरिएको नयाँ इग्निस ईभीको लम्बाइ ३५७० एमएम, चौडाइ १५६५ एमएम, उचाइ १६३५ एमएम र ह्विलबेस २४६० एमएम रहेको छ। यसको कुल तौल १०८० किलोग्राम रहेको छ भने टर्निङ रेडियस ४.५ मिटर र टर्निङ सर्कल ९ मिटर रहेको छ।

नयाँ इग्निस ईभीमा बक्सी र अपराइट डिजाइनलाई प्राथमिकता दिइएको छ। यसको फ्रन्टमा रेक्टेङगुलर लाइटिङ युनिटसँग डार्क होरिजन्टल प्यानल जोडिएको छ । यसमा कन्ट्रास्टिङ बम्पर, ह्विल आर्च क्ल्याडिङ, छोटो ओभरह्याङ, अग्लो रुफ र ठूला विन्डोले यसको लुकलाई थप आकर्षक बनाइएको छ ।

नयाँ सुजुकी इग्निस ईभीको क्याबिनमा चार जना यात्रु आरामसँग बस्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले ड्यासबोर्डलाई सरल डिजाइन दिएको छ।नयाँ इग्निस ईभी मुख्यतया दैनिक प्रयोगलाई सहज बनाउने र पेट्रोल कारबाट इलेक्ट्रिक कारमा परिवर्तन हुने ग्राहकलाई सहज अनुभव प्रदान गर्ने लक्षित गरिएको छ । यसको सरल लेआउट र कम्प्याक्ट आकारले सहरी ड्राइभिङलाई सहज बनाउने अपेक्षा गरिएको छ।

सो एसयूभी हार्टटेक ई प्लेटफर्ममा आधारित छ। यसमा २६ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्याक उपलब्ध छ। फ्रन्टमा माउन्ट गरिएको इलेक्ट्रिक मोटरले ९० बीएचपी पावर र करिब १३३ एनएम टर्क उत्पादन गर्छ। यसले करिब ३१० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ। चार्जिङका लागि यसमा ७.४ किलोवाट एसी र ५० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। ३.७ किलोवाट एसी चार्जरबाट ब्याट्री फुल चार्ज गर्न करिब ८ घण्टा लाग्छ भने ७.४ किलोवाट एसी चार्जरबाट करिब ४ घण्टामा चार्ज गर्न सकिनेछ। त्यस्तै, ५० किलोवाट सीसीएस डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री चार्ज गर्न ३० मिनेटभन्दा कम समय लाग्छ ।

सुजुकी इग्निस भारतीय बजारमा पेट्रोल ह्याचब्याकका रूपमा लोकप्रिय थियो। कम्पनीले अप्रिल २०२६ मा यसको उत्पादन बन्द गरेपछि नयाँ इलेक्ट्रिक भर्सन भारतीय बजारमा पुनरागमन गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ। यद्यपि, मारुती सुजुकीले इग्निस ईभी भारतमा लन्च गर्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...