नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी बाइक अपडेट सहित लन्च गरेको छ। अपडेट बाइकमा कम्पनीले केही नयाँ फिचर र प्रविधि थपेको छ ।

टीभीएसले सो बाइकमा १५९.७ सीसी क्षमताको आयल फ्युल इन्जेक्टेड ४ भल्भ इन्जिनले सुसज्जित गरेको छ, जसका कारण बाइकले १७.५५ पीएस पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ ।

बाइकमा केही उत्कृष्ट फिचर उपलब्ध गराइएको छ, जसमा सेगमेन्टमा पहिलो ३७ एमएम यूएसडी फोर्क दिइएको छ। साथै बाइकमा राइडिङका लागि स्पोर्ट, अर्बन र रेन गरी तीन मोड उपलब्ध गराइएको छ ।

बाइकमा टीभीएस स्मार्टकनेक्ट प्रविधि दिइएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट, भ्वाइस असिस्ट उपलब्ध छ। सेफ्टीका लागि बाइकमा ड्युअल च्यानल एबीएससहितको आरएलपी, एलईडी हेडलाइट र टेल ल्याम्पसहित बुलपप् एग्जास्ट प्रदान गरिएको छ ।

सो बाइक ३ कलरमा ल्याइएको छ। साथै यसमा रेस इन्स्पायर्ड ग्राफिक्स, गोल्डेन फिनिश यूएसडी फोर्क्स, रेड अलोय ह्विल पनि दिइएको छ। टीभीएसद्वारा अपडेट गरिएको अपाचे आरटीआर १६० ४भी बाइकको मूल्य १ लाख ४० हजार भारु राखिएको छ।

सम्बन्धित समाचारहरू

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको...

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएसले आफ्नो फ्ल्यागशिप सुपरस्पोर्ट मोटरसाइकल अपाचे आरआर ३१० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...