फिचर अपडेट भएर आउँदै करिज्मा एक्सएमआर, सस्पेन्सन र क्लस्टर नयाँ हुने

हिरो मोटोकर्पले २०२४ एक्मा शोमा करिज्मा एक्सएमआरको नयाँ एडिसन प्रदर्शन गरेको छ । नयाँ करिज्मालाई हिरोले औपचारिक अनावरण बिनै प्रदर्शनीमा राखेको हो ।

सो नयाँ मोटरसाइकलमा हिरोले नयाँ सस्पेन्सन सेटअप दिएको छ । करिज्मा एक्सएमआरको २०२५ मोडलमा अब गोल्डन कलरको अपसाईड गाउन फ्रन्ट फर्क रहनेछ । यसैगरी यसमा फुल कलर टिएफटी क्लस्टर समेत उपलब्ध हुनेछ । एक्सपल्स २१० मा देखिएको नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरलाई हिरोले करिज्मा एक्सएमआरमा पनि दिने भएको हो ।

नयाँ करिज्मा एक्सएमआरको इन्जिन स्पेसिफिकेसन भने हालसम्म खुलाइएको छैन । सम्भवत यसमा उहि पुरानै २१० सिसीको लिक्विड कुल्ड इन्जिन जडान हुनेछ । जसको पावर २५.५ बिएचपी र टर्क २०.४ एनएम छ । बाइकमा ६ स्पिड गियरवक्स जडान गरिएको छ ।

अपडेट गरिएको नयाँ करिज्मा एक्सएमआरलाई कहिले लन्च गर्ने भन्ने विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । नयाँ मोडल हाल बिक्री हुँदै आएको भारु १ लाख ८० हजारको तुलनामा केही महंगोृ हुने अनुमान गरिएको छ । भारतमा लन्च भएपछि सो बाइक नेपाली बजारमा समेत भित्रिने निश्चित प्राय देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...