सेगमेन्टमा सबैभन्दा तीव्र बाइक टीभीएस रेडर आईगो भेरिएन्ट लन्च

टीभीएसले आफ्नो लोकप्रिय बाइक रेडर १२५ को नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यस नयाँ भेरिएन्टमा धेरै विशेष फिचर थपिएको छ, जसमध्ये सबैभन्दा विशेष यो सेगमेन्टको पहिलो "बुस्ट मोड" हो । साथै बाइकमा नयाँ कलर अप्सन र रेड अलोय ह्विल पनि दिइएको छ ।

रेडर १२५ को नयाँ भेरिएन्ट आफ्नो सेगमेन्टमा सबैभन्दा तीव्र बाइक भएको दाबी छ । सो बाइकको एक्स शोरुम मूल्य ९८ हजार ३ सय ८९ भारु राखिएको छ । टीभीएस रेडर आईगो भेरिएन्टमा फर्स्ट-इन-क्लास बुस्ट मोडका साथै अपग्रेड गरिएको रिभर्स एलसीडी जडान गरिएको क्लस्टर छ ।

टीभीएस रेडरले ३ वर्षभित्र १० लाख युनिट बिक्रीको ठुलो कोशेढुङ्गा पनि हासिल गरेको छ । यो उपलब्धि मनाउन कम्पनीले नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यसको बुस्ट मोडका कारण  ०.५५ प्रतिशत अतिरिक्त टर्क र १० प्रतिशतसम्म बढी माइलेज पनि बढेको छ । सो बाइकले ११.७५ एनएमको टर्क जेनेरेटगर्छ । यसले ५.८ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन्छ ।

नयाँ टीभीएस रेडर आईगो भेरिएन्टमा १२५ सीसीको इन्जिन जडान गरिएको छ, जसले ०.५५ एनएम अतिरिक्त टर्क जेनेरेट गर्न सक्षम छ । सो बाइकमा सेगमेन्टको पहिलो बुस्ट मोड, बेस्ट-इन-क्लास एक्सेलेरेशन, मल्टिपल राइड मोड र नयाँ नार्डो ग्रे कलर अप्सन छ । साथै यसमा स्पोर्टी रेड अलोय ह्विल, रिभर्स एलसीडी क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, भ्वाइस असिस्ट, टर्न-बाइ-टर्न नेभिगेसन र कल म्यानेजमेन्ट जस्ता एड्भान्स फिचर पनि समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

टीभीएसले चाँडै नै टीभीएस रेडिअनको अपडेट भर्सन लन्च गर्ने भएको छ । हिरो...

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

टीभीएस बाइकमा १ लाखसम्म नगद छुट, ८ हजार रुपैयाँ बरावरको शपिङ भौचर सित्तैमा

टीभीएस बाइकमा १ लाखसम्म नगद छुट, ८ हजार रुपैयाँ बरावरको शपिङ भौचर सित्तैमा

काठमाडौं–टीभीएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...