होन्डा सीबी ३०० अव फ्लेक्स फ्युल प्रविधिमा पनि

होन्डाले आफ्नो लोकप्रिय मोडल सीबी ३०० लाई फ्लेक्स फ्युल प्रविधिमा उतारेको छ । भारत मोबिलिटी एक्सपोमा पहिलोपटक प्रदर्शन गरिएको सो मोटरसाइकल ई८५ इन्धनसंग मिल्दोजुल्दो छ । बाइकको मूल्य १ लाख ७० हजार भारु निर्धारण गरिएको छ ।

सीबी ३५० एफ नाममा लन्च गरिएको सो मोटरसाइकल स्ट्यान्डर्ड मोडलजस्तै देखिन्छ । यसमा एलईडी हेडल्याम्प र अगाडि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टेप सिट र चिन फेयरिङको साथ उस्तै आक्रामक स्ट्रीट फाइटर डिजाइन दिइएको छ ।

बाइकमा २९३.५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले २.४५ बिएचपी पावर र २५.९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको अगाडि अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यसमा ट्र्याक्सन कन्ट्रोल र एबीएस जस्ता सुविधाहरू पाउन सकिन्छ । नयाँ बाइक स्पोर्ट्स रेड र म्याट एक्सिस ग्रे कलरमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...

होन्डाले लन्च गर्यो एक्टिभाको प्रिमियम एडिसन

होन्डाले लन्च गर्यो एक्टिभाको प्रिमियम एडिसन

होन्डाले आफ्नो लोकप्रिय स्कुटर एक्टिभाको प्रिमियम एडिसन लन्च गरेको छ । यो...

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

जापनिज टु ह्विलर ब्राण्ड होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...