ट्रायम्फले आज ४ नयाँ मोटरसाइकल सार्वजनिक गर्दै
काठमाडौँ–प्रसिद्ध बेलायती मोटरसाइकल निर्माता कम्पनी ट्रायम्फले आज...
काठमाडौँ– ट्रायम्फ नेपालले ‘विश्व मोटरसाइकल दिवस’ को विशेष अवसर पारेर आयोजना गरेको एकदिने विशेष राइड ‘एपेक्स राइडः ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ । व्यस्त सहरी जीवनबाट केही समय टाढा रहँदै राइडिङको वास्तविक मज्जा र उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय, प्राकृतिक र चुनौतीपूर्ण ट्रेलहरू समेटिएको यस राइडमा ट्रायम्फ मोटरसाइकलका सौखिन राइडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यो रोमाञ्चक यात्रा बुढानीलकण्ठबाट सुरु भई डाँडागाउँ, सांग्ला, लखु खोला हुँदै समुद्रदेवीसम्म पुगेको थियो । यात्राका क्रममा सहभागीहरूले शीतल जंगलका ट्रेलहरू, नदी किनारका कच्ची सडकहरू र मनोरम प्राकृतिक दृश्यहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए । यस राइडले राइडरहरू माझ आत्मीयता बढाउनुका साथै नेपालमा द्रुत रूपमा बिस्तार भइरहेको ट्रायम्फ समुदायलाई एकजुट बनाउने साझा मञ्च प्रदान गरेको थियो ।
दिनभरको साहसिक राइडपछि सबै सहभागीहरू नक्सालस्थित ‘बाइकर्स क्याफे’ मा आयोजित विशेष साँझको कार्यक्रममा एकत्रित भएका थिए । उक्त साँझको मुख्य आकर्षण हालै (वैशाख १२ देखि १८ गतेसम्म) सम्पन्न भएको ‘ट्रायम्फ नेपाल इपिक राइड – मनाङ एडिसन’ को भिडियो प्रिमियर रहेको थियो । भिडियो हेर्दै राइडरहरूले आफ्नो हिमाली क्षेत्रको साहसिक यात्राका पुराना पलहरूलाई पुनः ताजा गराएका थिए । स्वादिष्ट भोजन र गफगाफसँगै राइडरहरूले आफ्ना यात्राका अविस्मरणीय कथाहरू एकअर्कासँग साटासाट गरेका थिए ।
कार्यक्रमको सफलता र उद्देश्यबारे प्रष्ट पार्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘हामीले यो राइडलाई केवल मोटरसाइकल चलाउने माध्यम मात्र नभई एउटा बलियो समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौँ । ‘एपेक्स राइडः ट्रेल्स अफ शिवपुरी’ ले राइडरहरूलाई एकै ठाउँमा ल्याउने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने र यात्राको वास्तविक रोमाञ्च महसुस गर्ने अवसर दिएको छ । हाम्रा लागि सबैभन्दा खुसीको कुरा राइडरहरू आफ्नो बाइकसँग मात्र नभई, यात्राका दृश्य र एक–अर्कासँग भावनात्मक रूपमा जोडिएको देख्नु हो ।’
ट्रायम्फ नेपालले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूका लागि यस्तै साहसिक र अर्थपूर्ण राइडहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...