डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
काठमाडौं- विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर)अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ नेपाली बजारमा सार्वजनिक भएको छ।
जीडब्लूएमको नेपालका लागि आधिकारिक बितरक भीजी इम्पेक्स प्रालिले काठमाडौंस्थित द प्लाजामा आयोजित एक कार्यक्रमबीच गाडी सार्वजनिक गरेको हो। ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
ओरा ५ ईभीले एकपटकको फुल चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ। यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ। कम्पनीका अनुसार नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको अनुभव प्रदान गर्ने छ।
कारमा प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचरहरू समावेश छन्। सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३३ वटा स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन्।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ। 'डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्स' अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...