होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित संख्यामा मात्र उत्पादन हुने यो मोटरसाइकल सिमित अवधिका लागि मात्र ल्याइएको हो । भारतीय बजारमा यसको मूल्य रेगुलर एसपी–१२५ को टप स्पेक डिस्क भेरिएन्टभन्दा जम्मा ५५० भारु बढि निर्धारण गरिएको छ । कम्पनीले यसको मूल्य ९० हजार ५६७ भारु निर्धारण गरेको हो ।

यो नयाँ एडिसनमा होन्डाले विशेष प्राकारको ग्राफिक्स र पेन्ट स्किम दिएको छ । जुन डिसेन्ट ब्लु मेटालिक र हेभी ग्रे मेटालिक कलर अप्सनमा उपलब्ध छ । साथै यसको मफ्लरमा मेटल सेड दिइएको छ । प्रिमियम कम्यूटर सेग्मेन्टमा यो नयाँ एडिसनले यूवा राइडरलाई आकर्षित गर्ने होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले बिश्वास लिएको छ ।

यसको इन्जिन र फिचरहरु रेगुलर एसपी–१२५ बाटै लिइएको छ । जसअन्तर्गत यो नयाँ एडिसनमा जडान गरिएको १२३.९४ सिसी फ्यूल इन्जेक्टेड इन्जिनले १०.७ बीएचपी पावर र १०.९ एनएम टर्क जेनेरेट गर्छ । साथै यसमा एलइडी हेडल्याम्प, गियर पोजिसन इन्डिकेटर सहितको डिजिटल इन्स्ट्रयूमेन्ट कन्सोल र इन्जिन स्टार्ट/स्टप स्विच जस्ता फिचर पाउन सकिन्छ ।

यो नयाँ एडिसनमा होन्डाले १० वर्षसम्मको स्पेशल वारेन्टि प्याकेज उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स २०० को प्रतिस्पर्धामा होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने

हिरो एक्सपल्स २०० को प्रतिस्पर्धामा होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने

होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा...

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले भारतमा नयाँ एसयूभी ‘एलिभेट’ ग्लोबल डेब्यु गरेको छ । बजारमा पहिले...

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...