होन्डाले ल्यायो एसपी–१२५ को स्पोर्ट्स एडिसन, १० वर्षको वारेन्टि पाइने

होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित संख्यामा मात्र उत्पादन हुने यो मोटरसाइकल सिमित अवधिका लागि मात्र ल्याइएको हो । भारतीय बजारमा यसको मूल्य रेगुलर एसपी–१२५ को टप स्पेक डिस्क भेरिएन्टभन्दा जम्मा ५५० भारु बढि निर्धारण गरिएको छ । कम्पनीले यसको मूल्य ९० हजार ५६७ भारु निर्धारण गरेको हो ।

यो नयाँ एडिसनमा होन्डाले विशेष प्राकारको ग्राफिक्स र पेन्ट स्किम दिएको छ । जुन डिसेन्ट ब्लु मेटालिक र हेभी ग्रे मेटालिक कलर अप्सनमा उपलब्ध छ । साथै यसको मफ्लरमा मेटल सेड दिइएको छ । प्रिमियम कम्यूटर सेग्मेन्टमा यो नयाँ एडिसनले यूवा राइडरलाई आकर्षित गर्ने होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले बिश्वास लिएको छ ।

यसको इन्जिन र फिचरहरु रेगुलर एसपी–१२५ बाटै लिइएको छ । जसअन्तर्गत यो नयाँ एडिसनमा जडान गरिएको १२३.९४ सिसी फ्यूल इन्जेक्टेड इन्जिनले १०.७ बीएचपी पावर र १०.९ एनएम टर्क जेनेरेट गर्छ । साथै यसमा एलइडी हेडल्याम्प, गियर पोजिसन इन्डिकेटर सहितको डिजिटल इन्स्ट्रयूमेन्ट कन्सोल र इन्जिन स्टार्ट/स्टप स्विच जस्ता फिचर पाउन सकिन्छ ।

यो नयाँ एडिसनमा होन्डाले १० वर्षसम्मको स्पेशल वारेन्टि प्याकेज उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचारहरू

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

मोटरसाइकल र स्कुटरको मूल्य हरेक महिना बृद्धि हुने क्रमले वैशाख महिनामा...

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ ।...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...