सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो -याली संस्करण सार्वजनिक

काठमाडौं - नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो -याली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । शहर तथा अफरोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरू उपलब्ध छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथै अफरोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध छ ।

२७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्कमा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध छ भने, १६१ किलोग्राम वजन र १३ लिटर इन्धन क्षमता रहेको छ ।

सम्बन्धित समाचारहरू

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

हिरो मोटोकर्पको इलेक्ट्रिक सहायक कम्पनी भिडाले नयाँ स्कुटर भीएक्स२ लन्च...

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...