टीभीएसको महा एक्सचेन्ज मेला प्रारम्भ, चाडपर्वमा सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका

काठमाडौं – दशैको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । भृकुटीमण्डप, काठमाडौंमा मंगलबार देखि प्रारम्भ भएको सो मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशै अफरहरूको फाइदा लिन सक्नेछन् ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दावी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दशै अफरहरू
दशैलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको ब्यवस्था पनि गरेको छ ।

पूर्व–खरिद अफरहरूः दशैका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी खरिद गर्दा १० लाख सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरू
उच्चतम मूल्याङ्कनको ग्यारेन्टीः मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुईपांग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधाः मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूको समेत ब्यवस्था रहने छ ।

छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआई सुविधा ः मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।

निःशुल्क सामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन् भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

सो मेला आगामी आइतबार सम्म चल्ने छ ।

सम्बन्धित समाचारहरू

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार, अन्यले पर्खिदै उपहार

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार, अन्यले पर्खिदै उपहार

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

२० औं वार्षिकोत्सवमा टीभीएसको लिमिटेड एडिसन मोडल अपाचे लन्च

२० औं वार्षिकोत्सवमा टीभीएसको लिमिटेड एडिसन मोडल अपाचे लन्च

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय बाइक सिरिज अपाचेको २० वर्ष पूरा भएको...

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...