नेपाल आउने एमजी एस्टरको मूल्य सार्वजनिक
काठमाडौं – नेपाल भित्रिने तयारीमा रहेको एमजीको नयाँ एसयूभी एस्टरको मूल्य...
एमजी मोटर्स इन्डियाले भारतीय ईभी लाईनअप अपडेट गरेको छ। कम्पनीले आफ्नो नयाँ ब्याट्री 'ब्याट्री एज ए सर्भिस' (बीएएएस) सँगै एमजी कमेट र जेडएस ईभी लन्च गरेको छ ।
हाल सो सँगै दुवै इलेक्ट्रिक कारको मूल्य पहिले भन्दा सस्तो भएको छ । कम्पनीले ब्याट्री एज ए सर्भिस अन्तर्गत भारतमा पहिलो विद्युतीय क्रसओभर युटिलिटी भेइकल एमजी विन्डसर लन्च गरेको थियो । कम्पनीले बीएएएस कार्यक्रमसँगै सो दुबै मोडलमा ६० प्रतिशत बाइब्याक ग्यारेन्टी दिने पनि घोषणा गरेको छ ।
एमजी मोटर इन्डियाको पहिलो क्रसओभर युटिलिटी भेइकल विन्डसर ९ लाख ९९ हजार भारु मूल्यमा लन्च गरेको हो । यसमा ३८ किलोवाट लिथियम आयन ब्याट्री प्याक जडान गरिएको छ, जसले १३६ पीएसको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । सो कार फुल चार्जमा ३३१ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
ब्याट्री एज ए सर्भिस ब्याट्री रेन्टल प्रोग्राम हो । यसअन्तर्गत इलेक्ट्रिक कार खरिद गर्दा ब्याट्री प्याकको मूल्य समावेश गरिएको हुँदैन । यसको सट्टा ब्याट्रीको उपयोग अनुसार चार्ज गरिन्छ । अर्थात् ब्याट्रीको लागत कारले तय गरेको किलोमिटर अनुसार भाडा शुल्क लिइन्छ, जहाँ यसलाई प्रत्येक महिना ईएमआईको रूपमा तिर्नुपर्नेछ साथै ब्याट्री चार्ज गर्नको लागि पनि छुट्टै भुत्तानी तिर्नुपर्ने हुन्छ ।
कम्पनीले एमजी कमेट ईभी ब्याट्री एज ए सर्भिस कार्यक्रम अन्तर्गत प्रति किलोमिटर २.५ भारु ब्याट्री भाडामा पेश गरेको छ। अर्थात् १०० किलोमिटरसम्म कार चलाएपछि ब्याट्री भाडाबापत कम्पनीलाई २५० रुपैयाँ तिर्नुपर्नेछ ।
कमेट ईभीको इलेक्ट्रिक पावरट्रेनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा १७.३ किलोवाट लिथियम आयन ब्याट्री छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ । कारमा रियर ह्विल ड्राइभ परमानेन्ट म्याग्नेट सिंक्रोनस मोटर छ, जसले ४० एचपी पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ ।
ब्याट्री एज ए सर्भिस कार्यक्रम अन्तर्गत एमजी जेडएस ईभी प्रति किलोमिटर ४.५ भारु ब्याट्री भाडामा पेश गरेको छ। अर्थात् १०० किलोमिटरसम्म कार चलाएपछि ब्याट्री भाडाबापत कम्पनीलाई ४५० रुपैयाँ तिर्नुपर्नेछ ।
कम्पनीले एमजी जेडएस ईभीको इलेक्ट्रिक पावरट्रेनमा पनि कुनै परिवर्तन गरेको छैन । यसमा ५०.३ किलोवाटको लिथियम आयन ब्याट्री प्याक छ, जसले फुल चार्जमा ४६१ किलोमिटरको रेन्ज दिन्छ । कारमा फ्रन्ट ह्विल ड्राइभ परमानेन्ट म्याग्नेट सिंक्रोनस मोटर छ, जसले १७७ एचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ ।
काठमाडौं – नेपाल भित्रिने तयारीमा रहेको एमजीको नयाँ एसयूभी एस्टरको मूल्य...
एमजीले निकट भविषयमै बजारमा आउने तयारी भैरहेको नेक्स्ट जेन हेक्टरको...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...