टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक तीन रङमा पेश गरिएको छ । सो बाइकमा नयाँ विंगलेट सहित धेरै डिजाइन अपडेट गरिएको छ ।
अपाचे आरआर ३१० को २०२४ मोडेललाई राम्रो प्रदर्शनको लागि अनुकूलित गरिएको छ । यसमा विंगलेटको प्रयोग गरिएको छ, जसले लगभग ३ किलोग्राम डाउनफोर्स उत्पन्न गर्छ, बाइकको स्थिरतामा सुधार गर्छ र उच्च गतिमा ह्यान्डल गर्छ ।
२०२४ टीभीएसअपाचे आरआर ३१० मा ३१२ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर पेट्रोल इन्जिनले सुसज्जित छ । सो इन्जिनले ३८ बीएचपी हार्स पावर र २९ एनएम टर्क जेनेरेट गर्न सक्षम छ । सो इन्जिनमा ६ स्पिड गियरबक्सको विकल्प उपलब्ध छ । यसको टप स्पिड १६४ किलोमिटर प्रति घण्टा छ । साथै बाइकले ६.७४ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ। सो बाइक ०-६० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न २.८२ सेकेन्ड मात्र लाग्छ ।
सो बाइक क्विकशिफ्टरले सुसज्जित छ । सस्पेन्शनका लागि बाइकको फ्रन्टमा यूएसडी र पछाडि मोनोशक एब्जर्बर उपलब्ध छ। ब्रेकिङलाई ड्युअल च्यानल एबीएसद्वारा सपोर्ट गरिएको छ, जबकि बाइकमा टीएफटी डिस्प्ले, अल एलईडी लाइटिङ, मल्टिपल राइड मोड र टर्न बाय टर्न नेभिगेसनसहितको ब्लुटुथ जडान जस्ता इलेक्ट्रोनिक सुविधाको सेट पनि समावेश छ।
विंगलेटको साथै सो बाइकमा सुरक्षा र स्थिरता बढाउन ६ एक्सिस आईएमयू प्रयोग गरी डायनामिक स्टेबिलिटी कन्ट्रोल प्रस्तुत गरेको छ र यसमा कर्नरिङ एबीएस, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल, स्लोप डिपेन्डेन्ट कन्ट्रोल, कर्नरिङ क्रूज कन्ट्रोल र रियर लिफ्ट अफ कन्ट्रोल समावेश छ ।
यसमा स्पोर्ट, ट्र्याक, रेन र अर्बन सहित ४ राइडिङ मोड उपलब्ध छन् । ब्रेकिङका लागि ३०० एमएम फ्रन्ट डिस्क र २४० एमएम रियर डिस्क ब्रेक रहेको छ । सो बाइकले बीएमडब्ल्यु जि३१० आरआर, केटीएम आरसी ३९०, कावासाकी निन्जा ३००, यामाहा आर३ र अप्रिला आरएस४५७ सँग प्रतिस्पर्धा गर्नेछ।
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...