सिएटिएलले ल्यायो १५ वर्ष र २८ लाख किलोमिटर सम्म आयु भएको नयाँ ब्याट्री

ईभी ब्याट्री जायन्ट सिएटिएलले कमर्सियल भेइकलका लागि आफ्नो नयाँ ‘टेक्ट्राज’ ब्याट्री लाइनअप सार्बजनिक गरेको छ ।

सो नयाँ ब्याट्री लाइट कमर्सियल भइकल, वस र ट्रकहरुका लागि तयार परिएको होृ । यी ब्याट्री लङ लाईफ र सुपरफास्ट चार्जिङ एडिसनमा उपलब्ध छन् । जसमध्ये ट्रकका लागि निर्माण गरिएको टेक्ट्रान टी ब्याट्रीको आयू १५ वर्ष र २८ लाख किलोमिटर दाबी गरिएको छ । यसको लङ लाईफ एडिसनले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने जनाइएको छ ।

यो ब्याट्रीमा सिएटिएलले गाडीको आयू रहुन्जेलसम्मका लागि ब्याट्री वारेन्टी पनि दिने वाचा गरेको छ । यो ब्याट्री भेरियन्ट स्वापिङका लागि पनि उपलब्ध हुनेछ ।

टेक्ट्रान टी सुपरफास्ट चार्जिङ एडिसनले ब्याट्रीलाई १५ मिनेटमा ७० प्रतिशतसम्म छिटो चार्ज गर्न अनुमति दिन्छ । यो ब्याट्री प्याकको क्षमता २०० किलोवाट आवरदेखि ६०० किलोवाट आवरसम्म र अधिकतम ड्राइभिङ रेन्ज ५०० किलोमिटर छ । फास्ट चार्जिङका लागि अप्टिमाइज गरिएको भए पनि, यो भेरियन्टले ८ वर्ष र १२ लाख किलोमिटरको प्रभावशाली आयु पनि प्रदान गर्दछ ।

बसका लागि तयार परिएको टेक्ट्रान बी र लाइट कमर्सियल भेइकलमा प्रयोग हुने टेक्ट्रान एल पनि उत्तिकै प्रभावशाली रहेको बताइएको छ । हलुका डिजाइनमा तयार परिएको टेक्ट्रान बीको ऊर्जा घनत्व १७५÷केजी छ र यसको आयु १५ वर्ष र १५ लाख किलामिटर दावी गरिएको छ ।

टेक्ट्रान एल भने दुई भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ । जसमा ३० किलोवाट आवरदेखि २०० किलोवाट आवर सम्मको क्षमता र ड्राइभिङ रेन्ज ५०० किलोमिटरसम्म छ ।

सम्बन्धित समाचारहरू

जिकरले ल्यायो गोल्डेन ब्रिक ब्याट्री, १५ मिनेट चार्जमा ५०० किलोमिटर रेन्ज दिने

जिकरले ल्यायो गोल्डेन ब्रिक ब्याट्री, १५ मिनेट चार्जमा ५०० किलोमिटर रेन्ज दिने

चिनियाँ ईभी निर्माता जिकरले नयाँ प्रबिधीको हाई पर्फमेन्स ब्याट्री लन्च...

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु

दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार...

चिसोमा कारको ब्याट्री कसरी जोगाउने, अपनाउनुहोस् यी टिप्स

चिसोमा कारको ब्याट्री कसरी जोगाउने, अपनाउनुहोस् यी टिप्स

चिसो मौसममा कारको ब्याट्री चाँडै खेर जाने वा बिग्रने सम्भावना बढी हुन्छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...