ट्यांक ३०० र ट्यांक ५०० को आधिकारिक बुकिङ नेपालमा प्रारम्भ, यस्तो छ मूल्य

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ। यसमा लक्जरी ७ सिटर एसयूभी ट्यांक ५०० र ५ सिटर एसयूभी ट्यांक ३०० समावेश छन्, जसमा एचईभी प्रविधि समावेश गरिएको छ ।

ट्यांक ब्रान्डले पहिलो पटक २९ अगस्ट २०२१ मा चेङदु अटो शोमा डेब्यु गरेको थियो र चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो। यसले विश्वव्यापी सफलता र बिक्रीमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

ट्यांक ब्रान्डले जीडब्लुएमको उच्च स्तरीय अफरोड सवारी साधनको प्रतिनिधित्व गर्दछ र एसयूभीको नयाँ ट्रेन्ड सेट गर्न लक्ष्य राख्दछ। यसको लोगोमा रहेका टी र यु अक्षरहरूले गहिरो अर्थ बोकेको छ। ‘टी’ ले ट्यांक ब्रान्ड, प्रविधि, र ट्रेन्डको प्रतिनिधित्व गर्छ भने ‘यु’ चाहि प्रयोगकर्ता अर्थात युजर र एकता अर्थात युनिटीको प्रतीक हो।

ट्यांक ५०० र ट्यांक ३०० मोडलहरूलाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता प्रमुख बजारहरूमा प्रस्तुत गरिएको छ र यी मोडलहरूलाई प्रयोगकर्ताहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ।

जीडब्लुएमको नवाचार रणनीति अन्तर्गत ट्यांक ब्रान्डले डिजिटलाइजेसन र चालकको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राख्दछ। जीडब्लुएमले नयाँ, भरपर्दो, र उच्च गुणस्तरका मोडलहरू प्रस्तुत गर्दै अफरोडभन्दा बढी अनुभव प्रदान गर्छ।

ट्यांक ३०० र ट्यांक ५०० नेपालमा २.० लिटर टर्बो पेट्रोल एचईभी मोडलमा उपलब्ध छन्, जसमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र यी मोडलहरूले २५८ किलोवाट पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन्।

ट्यांक ३०० को मूल्य १ करोड ८५ लाख र ट्यांक ५०० को मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

जीडब्लुएम विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ र ७० हजार भन्दा बढी कर्मचारीहरू यसमा कार्यरत छन् । लगातार ६ वर्षसम्म जीडब्लुएमले वार्षिक रूपमा १० लाख भन्दा बढी गाडीहरू बिक्री गरेको छ।

भीजी इम्पेक्सले जीडब्लुएमका यी मोडलहरुलाई नेपाली बजारमा प्रस्तुत गर्दै, देशभर बिक्री र बिक्रीपछिका सेवाहरूलाई विस्तार गर्दै नेपालको अटोमोटिभ क्षेत्रमा योगदान पुर्याइरहेको बताएको छ।

सम्बन्धित समाचारहरू

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ...

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

सेमी–सोलिड स्टेट ब्याट्री भएको विश्वकै पहिलो ‘मास मार्केट’ ईभी बन्दै नयाँ एमजी४

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

कम्पनीले भन्यो, ‘विद्युतको तार सर्टका कारण एमजी जेडएस ईभीमा आगलागी’

काठमाडौं – हाल चर्चामा रहेको एमजी जेडएस ईभी आगलागीको कारण सर्ट सर्किट भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...