एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित
एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै...
काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा– दशैं प्रचारको चाँडै समाप्तिको घोषणा गरेको छ । एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन यो अफर सुरु गरेको थियो।
यो विशेष अफर पहिले अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको अपूर्व प्रतिक्रियाका कारण र उच्च मागका कारण अब यो २० सेप्टेम्बर २०२४ अर्थात आगामी शुक्रबारमै समाप्त हुने पारामाउन्ट मोटर्सले जनाएको छ। ग्राहकहरूले यो सीमित समयको प्रचारको फाइदा उठाएर एमजी जेडएस ईभी डिलक्सलाई चाडपर्वको मूल्य ४६ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
एमजी जेडएस ईभी डिलक्सलाई यसका उन्नत सुरक्षा विशेषताहरूको लागि प्रख्यात छ, जसमा छ वटा एयरब्यागहरू, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिजन वार्निङ र स्पिड असिस्टेंस सिस्टम समावेश छन्। यसमा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध छ।
“हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौँ। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ,” पारामाउन्ट मोटर्स स्रोतले भन्यो “सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौँ। दशैं अघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौँ,” उनले थपे।
नेपाली बजारमा विभिन्न मोडलका एमजी गाडी पारामाउन्ट मोटर्सले बिक्री गरिरहेको छ । ग्राहकलाई गुणस्तरीय सेवा र सुविधा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको पारामाउन्ट मोटर्सले जनाएको छ ।
एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै...
११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ...
हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक १४ लाख रुपैयाँले कमी भए पछि यसको चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...