एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४ मोडलको टीभीएस रेडर (एफआई), टीभीएस एनटर्क डिस्क एफआई र टीभीएस रेडिअन (एफआई) सार्वजनिक गरेको छ ।
टीभीएसले यी फ्युल इन्जेक्सन अर्थात एफआई भेरिएन्टका दुई पांग्रे सवारी साधन बीएस६ एफआई प्लेटफर्ममा विशेष डिजाइनका साथ ल्याएको बताएको छ ।
यी नयाँ उत्पादन एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिस डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको कम्पनीको भनाइ छ ।
एक कार्यक्रमका बिच जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक रौनियार, मिस युनिभर्स नेपाल २०२४ सम्पदा घिमिरे र टीभीएस मिस स्मार्ट स्मृति सिंहले सबै भेरिएन्ट सार्वजनिक गरे ।
सो अवसरमा जीएम रौनियारले करिव ९ वर्ष देखि टीभीएस नेपाली बजारमा उपलब्ध भए पश्चात पाँचौबाट हाल दोस्रो स्थानमा आएको उल्लेख गर्दै नेपाली ग्राहकको माया पाउनुमा टीभीएसका उत्पादनको गुणस्तरीयता भएको बताए ।
टीभीएस रेडर
टीभीएस रेडर यसको स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको छ । हालै सार्वजनिक गरिएको एफआई भेरिएन्टले यसलाई थप उचाइमा पुर्याउँदै विभिन्न सुविधाहरू प्रदान गर्दछ ।
फ्युल क्षमता : यसमा भएको फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ।
उत्तम प्रदर्शनः राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।
परिष्कृत स्टाइलिङः टीभीएस रेडर एफÞआई भेरिएन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइब्रेन्ट कलरहरुमा उपलब्ध छ ।
टीभीएस एनटर्क
टीभीएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ।
सुपेरियर थ्रोटल रेस्पोन्सः उन्नत एफआई प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ ।
इको–फ्रेन्डली राइड : राम्रो फ्युल व्यवस्थापनको साथ, टीभीएस एनटर्क भेरिएन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदूषणमुक्त राख्न मदत गर्दछ ।
अत्याधुनिक डिजाइनः एफआई भेरिएन्टले एनटर्कको आइकोनिक डिजाइन एलिमेन्टहरु कायम राख्दै नयाँ डिकल र कलर विकल्पहरू ल्याएको छ ।
टीभीएस रेडिअन
आधुनिक यात्रीको लागि डिजाइन गरिएको टीभीएस रेडिअन एफआइले १५ प्रतिशत बढी माइलेज दिन्छ, जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ।
स्थायित्वः रेडिअन एफआईमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ ।
आरामदायी र सुविधाजनक : यस भेरिएन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्र्याब रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ–स्टार्ट सुविधाले, सवारीको अनुभव बढाउँछ।
सुरक्षितः सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, ।
टीभीएस रेडर, टीभीएस एनटर्क र टीभीएस रेडिअनका नयाँ एफआई भेरिएन्टहरू अब नेपालभरका सबै अधिकृत टीभीएस डिलरशिपमा उपलब्ध छन् । टीभीएस रेडर एफआइको मूल्य २ लाख ९२ हजार ९ सय, टीभीएस एनटर्क एफआईको मूल्य २ लाख ७९ हजार ९ सय र टीभीएस रेडिअन एफआईको मूल्य २ लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ।
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
पोखरा – टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं – टीभीएस मोटर कम्पनीले नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...