हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ ।

कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भी ईभी कार’ जित्ने अफर पनि ल्याएको छ ।

कम्पनीले ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित भएको कम्पनीको भनाइ छ । सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

साथै, नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उदघाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालमै एसेम्बल भइरहेका छन्
ि
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको बताएको छ । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने बताएको छ ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम ११० स्कुटर बीएस सिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर...

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...

भारतमा हिरो र हार्लेद्वारा संयुक्त रुपमा विकसित यस्तो बाइक आउने

भारतमा हिरो र हार्लेद्वारा संयुक्त रुपमा विकसित यस्तो बाइक आउने

भारतमा हिरो मोटोकर्प र हार्ले डेभिडसनले संयुक्त रुपमा विकास गरेको बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...