२ लाख ८० हजारमा आयो टिभिएस एनटर्कको बिएस–६ एफआई भेरिएन्ट

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस–६ एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त स्कुटरको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।

सो नयाँ भेरिएन्टमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआई बिएस–६ प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने जनाइएको छ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् ।

साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस–६ एफआईको मूल्य २ लाख ७९ हजार ९०० तोकिएको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्यजति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।

टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्ट्सको एक घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ ।

साथै, यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस–६ एफआई राइडरहरूको लागि पहिलो रोजाई हुने कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने...

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

आयो टीभीएस एनटर्कको नयाँ संस्करण एक्सटी

टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ ।...

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...