आज लन्च हुँदै टीभीएस जुपिटरको नयाँ संस्करण

टीभीएसले आफ्नो नयाँ स्कुटर जुपिटर ११० आज लन्च गर्ने भएको छ । लन्चिङ अघि कम्पनीले सो स्कुटरको टिजर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको टिजरमा स्कुटरको नयाँ एलईडी डीआरएल देखाइएको छ । टीभीएस जुपिटर ११० फेसलिफ्टमा धेरै नयाँ फिचरहरु  थपिने अपेक्षा गरिएको छ । स्कुटरमा युएसबि पोर्ट पनि दिन सकिन्छ। साथै यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडलाइट, नयाँ ग्राफिक्स समावेश गरिएको छ ।

यद्यपि टीभीएस जुपिटरको इन्जिनमा कुनै परिवर्तन हुने छैन । यसमा विद्यमान १०९.७ सीसी क्षमताको इन्जिन मात्र दिन सकिन्छ, जसले ७.७७ बीएचपीको पावर र ८.८ न्यूटन मिटरको टर्क जेनेरेट गर्नेछ ।

टीभीएसको विद्यमान जुपिटर ११० स्कुटरको एक्स शोरुम मूल्य ७३ हजार ६५० रहेको छ तर नयाँ संस्करणको मूल्य अलि महँगो हुन सकिने अपेक्षा गरिएको छ ।

जुपिटर टीभीएसले ११० र १२५ सीसी सेगमेन्टमा बिक्रीको लागि उपलब्ध हुनेछ । ११० सीसी सेगमेन्टको बजारमा जुपिटरले होन्डा एक्टिभा, होन्डा डियो, हिरो जुम, हिरो प्लेजर प्लस जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको कर नलाग्ने स्किम आएको छ ।...

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

टीभीएसले जुपिटर १२५ मा नयाँ फिचर थप गरेको छ । यसअघि एनटर्क एक्सटीमा उपलब्ध...

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...