ओलाले ल्यायो रोडस्टर सिरिजको ३ इलेक्ट्रिक बाइक

भारतको स्वतन्त्रता दिवसको अवसरमा ओला इलेक्ट्रिकले रोडस्टर सिरिजको ३ वटा नयाँ इलेक्ट्रिक बाइक लन्च गरेको छ । ओलाले रोडस्टर एक्सलाई इन्ट्री लेभल सेगमेन्ट इलेक्ट्रिक बाइक, मिड सेगमेन्टमा रोडस्टर र प्रिमियम सेगमेन्टमा रोडस्टर प्रो लन्च गरेको हो । बाइकमा धेरै उत्कृष्ट फिचस दिइएको छ ।

ओलाले आफ्नो नयाँ बाइकहरूमा धेरै ब्याट्रीको विकल्प प्रदान गरिएको छ । रोडस्टर प्रोमा ८ र १६ किलोवाट क्षमताको ब्याट्री विकल्प दिइएको छ, जसले फुल चार्जमा ५७९ किलोमिटरको रेन्ज दिन्छ । साथै यसमा जडान गरिएको मोटरले ५३ किलोवाटको पावर र १०५ एनएम टर्क जेनेरेट गर्छ ।

रोडस्टरमा ३.५, ४.५ र ६ किलोवाटको ब्याट्रीको विकल्प उपलब्ध छ । जसका कारण यसले २४८ किलोमिटरको रेन्ज प्रदान गर्छ । ओला इलेक्ट्रिकको इन्ट्री लेभल सेगमेन्ट रोडस्टर एक्स इलेक्ट्रिक बाइक २.५, ३.५ र ४.५ किलोवाट क्षमताको ब्याट्री प्रदान गरिएको छ । यसको टप स्पिड २०० किलोमिटर रहेको छ ।

ओलाको नयाँ इलेक्ट्रिक बाइकमा उत्कृष्ट फिचर प्रदान गरिएको छ । यी मध्ये सबै एलईडी लाइट रोडस्टर प्रोमा उपलब्ध छ । साथै एलईडी डीआरएल, यूएसडी फोर्क, टु च्यानल स्विच गर्न मिल्ने एबीएस, अगाडि र पछाडि डिस्क ब्रेक, कर्नरिङ एबीएस, इमर्जेन्सी एसओएस, स्पिड लिमिट अलर्ट, एडप्टिभ क्रुज कन्ट्रोल, कलिसन अलर्ट, रेस फर राइड, अर्बन रेन र अफ रोड मोड जस्ता फिचर दिइएको छ । जबकि इन्ट्री लेभल रोडस्टर एक्स इलेक्ट्रिक बाइकमा सीबीएस, डिस्क ब्रेक, स्पोर्टस, नर्मल, ईको राइडिङ मोड, टर्न बाई टर्न नेभिगेसन, ओटीए अपडेट र डिजिटल की लक जस्ता फिचर प्रदान गरिएको छ ।

ओलाले रोडस्टर एक्स इलेक्ट्रिक बाइक ७५ हजार भारु एक्स शोरुम मूल्यमा लन्च गरिएको हो । कम्पनीको अन्य रोडस्टरको प्रारम्भिक एक्स शोरुम मूल्य १ लाख ५ हजार भारु राखिएको छ । रोडस्टर प्रो ८ को प्रारम्भिक एक्स शोरूम मूल्य २ लाख भारुमा लन्च गरिएको छ । बाइक बुकिङ सुरु भइसकेको छ । यद्यपि रोडस्टर र रोडस्टर एक्सको डेलिभरी जनवरीदेखि र रोडस्टर प्रोको डेलिभरी तिहारदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

ओला इलेक्ट्रिकको बिक्री ६० प्रतिशतले घट्दा शीर्ष स्थानमा उक्लियो टीभीएस

ओला इलेक्ट्रिकको बिक्री ६० प्रतिशतले घट्दा शीर्ष स्थानमा उक्लियो टीभीएस

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बजारमा ओला इलेक्ट्रिकको प्रदर्शन...

ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, सामाजिक सञ्जालमा चर्चाको विषय

ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, सामाजिक सञ्जालमा चर्चाको विषय

देशका धेरै सहरमा वर्षाको कहर देखिएको छ । वर्षा याममा सडक पानीले डुबानमा...

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...