प्रतिलिटर ७५.८९ किमी यामाहा रे जेडआर स्कुटर कुदाएर अधिकारी बने माइलेज च्यालेन्ज विजेता
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसको ब्याट्री प्याक कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता गरेको छ, जसको फ्रेम आरवनसँग मिल्दोजुल्दो छ ।
आरवन इलेक्ट्रिक बाइकमा ट्युबुलर स्पेस फ्रेम हुनेछ, जसमा ब्याट्री लोड बेयरिङ हुनेछ । यसको ड्राइभट्रेन एल्युमिनियम प्लेटको हुनेछ, जसले इन्जिन र स्विङआर्म बेयरिङको रूपमा काम गर्छ । यसमा गियरबक्सले चेनको माध्यमबाट पछाडिको पाङ्ग्रा चलाएको देखिनेछ ।
बाइकमा कुलिङ प्लेट फ्रेमको साथ डबल एच हुनेछ, जसलाई सजिलै परिवर्तन गर्न सकिनेछ । मिडिया रिपोर्टका अनुसार सो इलेक्ट्रिक बाइक २० किलोवाटसम्मको ब्याट्री प्याकको साथमा आउन सक्ने सम्भावना छ ।
इलेक्ट्रिक भर्सनको च्यासिस आरवन जस्तै हुनेछ । यसको सस्पेन्सन सेटअप उत्कृष्ट स्पोर्टबाइकको लागि एकदमै सरल देखिन्छ किनकि यो सिधै स्विङआर्ममा माउन्ट हुनेछ । यद्यपि यामाहाले पेटेन्ट गरेको फ्रेम इलेक्ट्रिक आरवनको हो कि अन्य बाइकको हो, यसको पुष्टि भएको छैन ।
काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...
काठमाडौं – नेपाली बजारमा यामाहाका बीएस६ मोडलका दुई मोटरसाइकल औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...