५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...
एमजी मोटर्स इन्डियाले आफ्नो आगामी क्रसओभर युटिलिटी गाडी (सीयूभी) विन्डसर ईभीको टिजर सार्वजनिक गरेको छ । सोसल मिडिया प्लेटफर्म एक्समा शेयर गरिएको भिडियोमा कार पहाडमा परीक्षण भइरहेको देखाइएको छ। यद्यपि भिडियोमा सो इलेक्ट्रिक गाडीलाई कभरले ढाकिएको छ ।
सो कार यो वर्ष फेस्टिभ सिजनमा लन्च हुनेछ । लन्च पछि यो भारतमा एमजीको तेस्रो इलेक्ट्रिक कार हुनेछ। सो कार जेडएस ईभी भन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ । यसको एक्स शोरूम मूल्य लगभग २० लाख भारु हुने अनुमान गरिएको छ ।
सो कार इन्डोनेसियामा वुलिङ क्लाउड ईभीको नामबाट बिक्री भइरहेको छ । भारतीय लन्च हुने कारको स्पेसिफिकेशनको बारेमा जानकारी खुलाइएको छैन। तर भारतमा लन्च गरिने एमजी विन्डसर ईभीमा ५०.६ किलोवाट ब्याट्री प्याक हुन सक्ने अपेक्षा गरिएको छ ।
सो कारमा १५.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जिङ, मल्टी कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट र इलेक्ट्रिक टेलगेट जस्ता फिचर हुनेछ ।
यसका साथै सेफ्टिका लागि कारमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ । कम्पनीले यसमा एडास सिस्टम पनि प्रदान गर्न सक्ने सम्भावना छ, जस अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल र अटोमेटिक इमरजेन्सी ब्रेकिङ जस्ता फंक्सन उपलब्ध हुनेछ ।
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...
जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...
एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...