१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

टाटा मोटर्सले भारतीय बजारमा कर्भ एसयूभी लन्च गरेको छ । सो कुपे एसयुभीको शुरुवाती मूल्य १७ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । साथै यसको महंगो भेरिएन्ट इम्पावर्ड प्लसको मूल्य २१ लाख २५ हजार भारु तोकिएको छ ।

टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कूपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

टाटा मोटर्सका अनुसार कर्भ ईभीमार्फत कम्पनीले गुरुत्वाकर्षण केन्द्रलाई ६० एमएमले घटाउन र ५०ः५० वजन वितरण हासिल गर्न सफल भएको छ । कारमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र ४५० एमएमको वेडिङ डेप्थ छ ।

सो एसयूभीको इन्टेरियरमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । ड्यासबोर्डको कुरा गर्नुपर्दा यो एकदमै साधारण र सामन्य डिजाइनमा उपलब्ध छ । कारमा ४–स्पोक मल्टि–फङ्क्शन स्टेयरिङ ह्वील र १०.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सो एसयूभी ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ भने मोटर १२३ किलोवाट क्षमताको जडान गरिएको छ । कर्भ ईभीले सिंगल चार्जमा ५०२ र ५८५ किलोमिटर रेन्ज प्रदान गर्ने एआएआईले प्रमाणित गरेको छ । यसले ८.६ सेकेन्डमै शून्यदेखी १०० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्छ भने टप स्पिड १६० प्रति घण्टा दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी

टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले आज भारतमा सफारीको डार्क एडिसन लन्च गरेको छ । यसअघिको रेगुलर...

१६१ किमी रेन्ज दिने टाटा एस ईभी १००० लन्च

१६१ किमी रेन्ज दिने टाटा एस ईभी १००० लन्च

टाटा मोटर्सले आफ्नो ई-कार्गो मोबिलिटी सेगमेन्टमा मिनी ट्रक टाटा एस ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...