एमजी क्लाउड ईभीको पहिलो टिजर रिलिज, छिट्टै लन्च हुने

एमजी मोटरले आफ्नो बहुप्रतीक्षित क्लाउड ईभीको नयाँ टिजर सार्वजनिक गरेको छ । कम्पनीले आगामी फेस्टिभ सिजनमा एमजी क्लाउड ईभी लन्च गर्ने तयारी गरिरहेको छ, जुन धेरै पटक परीक्षणको क्रममा देखिएको छ ।

एमजी क्लाउड ईभी पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्डोनेसियाली मोडल जस्तै ठुलो इन्फोटेनमेन्ट टचस्क्रिन सिस्टमले सुसज्जित हुने सम्भावना छ । सो कार इन्डोनेसियामा वुलिङ ब्रान्ड अन्तर्गत रहेको छ । सो कारको नयाँ टिजर अनुसार कारमा टु स्पोक स्टेयरिङ ह्विल जडान गर्न सकिन्छ, जसको माध्यमबाट इन्फोटेनमेन्ट सिस्टमलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

सो एसयूभी क्रसओभर सनरुफको साथ आउने सम्भावना छ । यसमा एलईडी हेडलाइट, एलईडी लाइट बार, एलईडी टेल ल्याम्प, ठुलो स्पोइलर र प्यानोरामिक सनरुफ हुनेछ । सो इलेक्ट्रिक कारको कुल लम्बाइ ४.३ मिटर हुनेछ ।

भारत-स्पेक मोडलको ब्याट्रीको स्पेसिफिकेशन अझै खुलासा गरिएको छैन । तर, विदेशमा बिक्रीमा उपलब्ध एमजी क्लाउडमा २ वटा ब्याट्री प्याकको विकल्प पाउँछ । यसमा सानो ब्याट्री प्याक ३७.९ किलोवाटको छ जसले ३६० किलोमिटरको रेन्ज र दोस्रो ५०.६ किलोवाट, जसले ४६० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ । ई२६० ईभी प्लेटफर्ममा आधारित क्लाउड ईभीमा ६०६ लिटरको बुट स्पेस छ ।

फिचरको लागि यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो इन्टिग्रेशन सहितको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, अल-डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, इन-कार कनेक्टेड टेक्नोलोजी, लेभल २ एडीएएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र प्यानोरामिक सनरुफ आदि समावेश छ ।

भारतमा एमजी सीयूभी क्लाउड गाडी ५०.६ किलोवाट ब्याट्री प्याकमा लन्च हुन सक्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार एमजी क्लाउडको मूल्य लगभग २० लाख भारु हुने अनुमान गरिएको छ । यसले भारतमा टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ४०० आदिका मिड र हाई-स्पेक भेरिएन्टसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा पनि एमजीका गाडी पारामाउन्ट मोटर्सले बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा यो कार नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

काठमाडौं– एमजि गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

एमजीले सार्वजनिक ग-यो प्यारासुटसहितको इलेक्ट्रिक कन्सेप्ट हाइपर कार ईएक्सई १८१

बेइजिङ अटो शोको पूर्वसन्ध्यामा एमजी कम्पनीले इलेक्ट्रिक कन्सेप्ट...

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...