ओलाको इलेक्ट्रिक कार परियोजना हालको लागि स्थगित, थियो २०२४ मा लन्च गर्ने योजना

भारतको सबैभन्दा ठुलो इलेक्ट्रिक वाहन कम्पनी ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक कार लन्च गर्ने योजना स्थगित गरेको छ । हाल कम्पनीले आफ्नो विद्युतीय स्कुटर व्यवसायमा केन्द्रित हुन यो निर्णय गरेको हो ।

कम्पनीले १५ अगस्ट २०२२ मा आफ्नो इलेक्ट्रिक कारको झलक देखाएको थियो । कम्पनीले सन् २०२४ सम्ममा  ४ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने इलेक्ट्रिक स्पोर्ट्स कार लन्च गर्ने योजना बनाएको थियो ।

ओलाले आफ्नो इलेक्ट्रिक कार स्थगित गर्नुको कारण भारतमा इलेक्ट्रिक कार चार्ज गर्ने आधारभूत पूर्वाधारको अभाव हुनु हो । रिपोर्टका अनुसार ओलाको कार प्रोजेक्ट कम्तिमा २ वर्षका लागि स्थगित भएको छ । यस समयमा कम्पनीको फोकस दुई पाङ्ग्रे सवारी साधन बिक्री र ब्याट्री उत्पादनमा हुनेछ । तर, कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

रिपोर्टका अनुसार ओलाले इलेक्ट्रिक कार परियोजनाका लागि छानिएका १०० कर्मचारी मध्ये ३० प्रतिशतले आफ्नो जागिर छोडेका छन् ।

कम्पनीले अगस्टमा आइपीओ पनि ल्याउने तयारी गरिरहेको छ । त्यसैले पनि सो इलेक्ट्रिक कार आयोजना रोकिएको हो । ओला आईपीओबाट ६६० मिलियन डलर उठाउन चाहन्छ । सो आईपीओ यस वर्ष भारतको सबैभन्दा ठुलो आईपीओ मध्ये एक हुनेछ ।

ओलाको पहिलो कार उत्कृष्ट प्रविधिले सुसज्जित हुने बताइएको छ । यो इलेक्ट्रिक सेग्मेन्टमा बनाइने भारतको पहिलो स्पोर्ट्स कार हुनेछ । सो कार चाबीविहीन हुनुका साथै ह्यान्डल लेस पनि हुनेछ । साथै, कारको ढोकामा ह्यान्डल पनि छैन ।

सम्बन्धित समाचारहरू

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...

ओला इलेक्ट्रिकले जनवरी २०२५ मा जेन ३ प्लेटफर्ममा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओला इलेक्ट्रिकले जनवरी २०२५ मा जेन ३ प्लेटफर्ममा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओला इलेक्ट्रिकले आफ्नो जेनेरेसन ३ प्लेटफर्ममा आधारित नयाँ इलेक्ट्रिक...

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...