सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको लुक निकै स्टाइलिस छ र यसलाई नयाँ कलर मिक्सका साथ लन्च गरिएको छ ।
हिरो एक्सट्रिम १६०आर भी४ ट्विन डिस्क, कनेक्टेड र प्रिमियम भेरिएन्ट गरी ३ भेरिएन्टमा उपलब्ध छ । अपडेट गरिएको मोडल करिब २ हजार भारु महँगो छ । नयाँ बाइकमा नयाँ ग्राफिक्स, अपडेटेड हेडल्याम्प, नयाँ कलर स्किम, ४भी टेक्नोलोजी र अपसाइड-डाउन फ्रन्ट फोर्कका साथमा अपडेट गरिएको छ ।
यसमा १६३.२ सीसी, एकल-सिलिन्डर, एयर र आयल कुल्ड ४ भल्व इन्जिन समावेश छ, जसले १६.६ बीएचपी र १४.६ एनएम टर्क उत्पादन गर्छ । यसको पावरट्रेन ५ स्पिड ट्रान्समिशनसँग जोडिएको छ । बाइकको अगाडि यूएसडी फोर्क र पछाडि प्रिलोड एडजस्टेबल मोनोशक रहेको छ । ब्रेकिङको लागि दुबै पाङ्ग्रामा डिस्क ब्रेक जोडिएको छ ।
सो बाइकमा ०-६० किलोमिटर प्रतिघण्टा र ०-४०२ मिटर स्प्रिन्टको लागि ड्याग टाइमर पनि उपलब्ध छ । बाइकको सिटको उचाइ ७९५ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र १७ इन्चको अलोय ह्विल रहेको छ ।
सो बाइक भारतीय बजारमा १ लाख ३८ हजार भारु मूल्यमा लन्च गरिएको छ। सो बाइकले यस सेगमेन्टमा बजाज पल्सर एन१६०, टीभीएस अपाचे आरटीआर १६० ४भी, सुजुकी जिक्सर १५५ र अन्य मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...