भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च
भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...
काठमाडौं–बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले धमाधम गाडीको मूल्य समायोजन गरिरहेका छन् । भन्सार र अन्तशूल्क गरी समग्रमा १० प्रतिशतले कर बृद्धि गरिएका कारण मूल्य समायोजन गर्नुपर्ने दवावमा कम्पनीहरु छन् । हालसम्म हुन्डाई, टाटा, दिपल र बीवाइडीमा मूल्य समायोजन गरिएको छ ।
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो प्रिमियम कार आयोनिक ५ मा १ लाख रुपैयाँ बृद्धि गरेको छ । यसअघि १ करोड २ लाख ९६ हजारमा आयोनिक ५ खरिद गर्दै आएका ग्राहकले अव १ करोड ३ लाख ९६ हजार तिर्नु पर्नेछ ।
टाटा ईभीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब टियागो ईभीको टप भेरियन्ट किन्ने ग्राहकले २९ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । टियागो अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको इन्ट्री भेरियन्टको रुपमा एक्सटी भेरियन्ट उपलब्ध छ । यसको नयाँ मूल्य २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको मूल्य २८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार पुगेको छ ।
पछिल्लो समय निकै चर्चा बटुलेको दिपल एस०७ मा ३ लाख रुपैँया बढेको छ । बजेट अघि ७१.९९ लाखमा बिक्री भईरहेको दिपल ईभीको मूल्य ३ लाखले बढेर ७४ लाख ९९ हजार पुगेको हो । सोही कम्पनीले बिक्री गर्ने अर्को ईभी ब्राण्ड सेरेसमा भने पुरानै मूल्यलाई निरन्तरता दिइएको छ । केहिदिन पहिले सार्बजनिक गरेको सेरेस३ को फेसलिफ्ट भर्सनलाई पुरानै मूल्यमा बिक्री शुरु गरेका कारण कम्पनीले यो एसयूभीमा मूल्य नबढाउने अनुमान गर्न सकिन्छ ।
यसैगरी, बजारमा सर्बाधिक बिक्री हुने बीवाइडी ब्राण्डका कारमा समेत मूल्य समायोजन गरिएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एट्टो३ एड्भान्स भेरिएन्टमा ९१ हजार एट्टो३ सुपेरियरमा १ लाख ९२ हजार, डल्फिनमा १ लाख ३५ हजार र सीलमा भेरिएन्ट अनुसार १० लाखसम्म बृद्धि गरेको हो ।
मूल्य समायोजन पछि सर्बाधिक बिक्री हुने मोडल एट्टो३ एड्भान्सको ५६ लाख ९० हजार, एट्टो३ सुपेरियरको ६७ लाख ८० हजार र डल्फिनको ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तीनवटा भेरिएन्टमा उपलब्ध सीलको भने डाइनामिक भेरिएन्टमा ५ लाख, प्रिमियमा ६ लाख र पर्फमेन्समा १० रुपैयाँ बृद्धि भएको छ । यी गाडीको नयाँ मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको हो ।
यसैगरी एमजी, ओमोडा, नेटा, जिएसी र टेस्ला लगायत ब्राण्डले हालसम्म मूल्य समायोजन गरेका छैनन् ।
भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...
इटहरी – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले ३ दिनपछि लन्च गर्न लागेको पन्च ईभी अहिले भारत र नेपाल दुबै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...