टाटा एस अब इलेक्ट्रिक भर्सनमा : १५४ किमी रेन्जमा आयो एस ईभी
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
टाटा मोटर्सको माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ । भारत एनक्यापले हालै सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुबै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको हो । यसअघि ५ स्टार रेटिङ पाएका नेक्सन ईभी, ह्यारियर र सफारीले पाएभन्दा बढी अंक प्राप्त गर्दै यो सानो ईभीले सुरक्षामा आफूलाई अब्बल साबित गरेको छ ।
पन्च ईभीले एडल्ट अकुपेन्ट प्रोटेक्सन अन्तर्गत कुल ३२ अंकमा ३१.६ र चाइल्ड प्रोटेक्सनमा ४७ मध्ये ४५ अंक प्राप्त गरेको छ । यसैगरी अन्य विधागत टेष्टमा पनि उत्कृष्ट अंक हाँसिल गरेको जनाइएको छ ।
पन्च ईभीलाई सुरक्षित बनाउन टाटा मोटर्सले यसको सबै भेरिएन्टमा ६ वटा एयरब्याग, एबिएस, ईएससी, सबै सिटमा थ्री प्वाइन्ट सिट बेल्ट र आइएसओएफआइएक्स माउन्ट लगायत फिचर दिएको छ । यसमा जडान गरिएको २५ किलोवाट आवर क्षमताको ब्याट्रीले सिंगल चार्जमा ३१५ किलोमिटर र ३५ किलोवाट आवरको ब्याट्रीले ४२१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
पन्च नेपाली बजारमा निकै प्रतिक्षा गरिएको ईभी हो । यो ईभी गत बर्ष भारतमा लन्च भएलगत्तै नेपाल आउने अपेक्षा गरिएको थियो । तर भारतमै माग अत्याधिक धेरै भएको र नेपालमा चिनियाँ ब्राण्डका बर्चस्व बढ्दै गएपछि आधिकारिक वितरक सिप्रदी टे«डिङले यसलाई नेपाल ल्याउन खासै पहल गरेन ।
भारतमा ११ देखी १५ लाख ५० हजार भारुसम्म मूल्य निर्धारण गरिएको यो सुरक्षित ईभी आगामी भदौ महिनामा आयोजना हुने नाडा अटो शोमा नेपाल आउने अपेक्षा गर्न सकिन्छ।
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
धनगढी – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...