सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो -याली संस्करण सार्वजनिक
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सीजी...
हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका रुपमा आएको सो नयाँ स्कुटरको मूल्य जेडएक्स भन्दा १ हजार भारु बढी निर्धारण गरिएको छ । ८१ हजार भारु तोकिएको स्कुटरमा नयाँ रंग र ग्राफिक्स दिइएको छ ।
विशेष फिचरका रुपमा यसमा म्याट स्याडो ग्रे पेन्ट फिनिश दिइएको छ । जेट लडाकुहरूबाट प्रेरित नयाँ ग्राफिक्सले स्कुटरलाई अझ आक्रामक र स्पोर्टी लुक दिएको छ । स्टाइलिस एक्सटेरियर बाहेक हिरो जुम कम्ब्याटमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ जसले ७,२५० आरपीएममा ८.०५ बीएचपी र ५,७५० आरपीएममा ८.७ एनएम टर्क उत्पादन गर्छ ।
स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र सिंगल शक एब्जर्वर जडान गरिएको छ । स्कूटरको अगाडि डिस्क ब्रेक, रियर ड्रम ब्रेक र कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । स्कुटरमा ब्लुटुथ जडान भएको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिग्नेचर एलईडी डिआरएलएस भएको एलइडी प्रोजेक्टर हेडल्याम्प र एच आकारको एलइडी टेललाइट लगायत फिचर दिइएको छ ।
जुम नेपाली बजारमा समेत उपलब्ध छ । यो स्कुटरलाई सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरि बिक्री गर्दै आएको हो ।
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सीजी...
हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...