हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले दयाहाङ राई, सुरक्षा पन्त र सुशान्त केसीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

चौधरी ग्रुुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र हिरो मोटोकर्प नेपालले सामाजिक सञ्जालमार्फत सो जानकारी सार्वजनिक गरेका छन् ।

विशेष गरी नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय मानिएका यी व्यक्तित्वहरुलाई नयाँ ब्रान्ड एम्बेसडरको रुपमा हिरो फेमिलीमा स्वागत गरिएको बताइएको छ ।

पछिल्लो समयमा नेपाली अटोमोबाइल क्षेत्रमा ब्रान्ड एम्बेसडर राख्ने प्रचलन बढ्दै गएको छ । विशेष गरी विभिन्न क्षेत्रमा प्रतिष्ठित कहलिएका व्यक्तित्वहरुलाई ब्रान्ड एम्बेसडर राख्ने चलन छ ।

हिरो मोटोकर्प केही समय पहिले मात्र चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री–वितरण गर्न थालेको हो । यो भन्दा पहिले ज्योति ग्रुप अन्तर्गतको एनजीएमले यसको बिक्री–वितरण गर्ने गरेको थियो ।

हाल सीजी मोटर्सले नेपाली बजारमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सपल्स २०० फोरभी र नयाँ स्कुटर जुम बिक्री–वितरण गरिरहेको छ । नवलपरासीस्थित एसेम्बल प्लान्टमा यी मोटरसाइकल र स्कुटर एसेम्बल हुने गरेका छन् ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...

हिरोको पहिलो इलेक्ट्रिक मोटरसाइकल परिक्षणका क्रममा देखियो

हिरोको पहिलो इलेक्ट्रिक मोटरसाइकल परिक्षणका क्रममा देखियो

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको उत्पादन संस्करणलाई...

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं – नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...