यी ६ स्थानमा मन्सुन अफरसहित यामाहाको एक्सचेन्ज क्याम्प
यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी...
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर सबैभन्दा धेरैको रोजाइमा परेको पाइन्छ । पहिले ११० सीसी लोकप्रिय रहेकोमा पछिल्लो समयमा अलि बढी पावर चाहने ग्राहकको संख्या बढिरहेको र धेरै ब्रान्डले यही सेगमेन्टका स्कुटर बजारमा उपलब्ध गराएका कारण पनि यो सेगमेन्ट रुचाउनेहरु बढ्दै गएका हुन् ।
नेपाली बजारमा यो सेगमेन्टमा होन्डाले डियो र ग्राजिया स्कुटर उपलब्ध गराइरहेको छ । त्यसैगरी यामाहाको रे जेडआर १२५ स्ट्रिट -याली हाइब्रिड बीएस६, टीभीएस एनटर्क एक्सपी र सुजुकी एभेनिस छन् ।
यी वाहेक पछिल्लो समयमा नेपाली बजारमा अप्रिलिया एसआर १२५ र बेनेली प्यानेरिया १२५ जस्ता स्कुटर समेत उपलब्ध छन् ।
होन्डाले पहिले ११० सीसीमा उपलब्ध गराएको डियो निकै नै लोकप्रिय थियो । पछिल्लो समयमा यो १२५ सीसीमा समेत उपलब्ध हुन थालेको हो । होन्डा डियो हाल स्ट्यान्डर्ड र डिलक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख ९९ हजार ९ सय र ३ लाख ९ हजार ९ सय रुपैयाँ छ ।
त्यसैगरी होन्डा ग्राजिया बीएस६ पनि दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूूल्य २ लाख ८२ हजार ९ सय र ३ लाख २ हजार ९ सय रुपैयाँ छ ।
यामाहाको रे जेडआर १२५ स्ट्रिट -याली हाइब्रिड बीएस६ स्कुटर नेपालमै सबैभन्दा बढी माइलेज दिने स्कुटरको रुपमा कम्पनीले बताउने गरेको छ । हाइब्रिड प्रविधि र बीएस६ इन्जिन भएकाले यो नेपालमा उपलब्ध अन्य स्कुटरको तुुलनामा विशेष गुुणस्तरीय भएको बताइन्छ । यसको मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ छ ।
टीभीएसले १२५ सीसीको एनटर्क स्कुटर विभिन्न भेरिएन्टमा उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा नेपाली बजारमा भित्रिएको एनटर्क एक्सपीको मूूल्य ३ लाख २० हजार ९ सय रुपैयाँ छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन लगायतका विशेषता छन् ।
सुजुकी एभेनिस अर्को लोकप्रिय स्कुटर हो । आकर्षक डिजाइन तथा लुक्स र आधुनिक फिचर्सले सुसज्जित यो स्कुटर प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । यसको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।
र्याप अराउन्ड एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, लामो तथा ठूलो र आरामदायी सिट, यूएसबी चार्जिङ पोर्ट, एड्जस्टेबल रियर सस्पेन्सन, सीबीएसका साथ डिस्क ब्रेक र ७ लिटरको इन्धन ट्यांकी जस्ता विशेषता भएको अप्रिलिया एसआर १२५ को मूूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ छ ।
रेट्रो फिनिस सहितको प्रिमियम स्कुटर बेनेली प्यानेरिया १२५ को पहिचान अन्य स्कुटरको तुलनामा फरक छ । यसको मूल्य हाल नेपाली बजारमा २ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।
यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी...
होन्डाले आफ्नो पहिलो स्पोर्ट्स इलेक्ट्रिक मोटरसाइकल डब्लुएन७ को डिजाइन...
होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...