टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि बीच सम्झौता भएको छ ।

यस अनुसार टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने छ ।

सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतम १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्ने बताइएको छ ।

ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्रान्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइहेको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउँदै, नेक्सन र भेन्युसँग प्रतिस्पर्धा गर्ने

टोयोटाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउँदै, नेक्सन र भेन्युसँग प्रतिस्पर्धा गर्ने

टोयोटाले अर्बन क्रुजर टेसर नामक नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ ।...

टोयोटाको नयाँ हाइलक्सले पायो ५ स्टार रेटिङ

टोयोटाको नयाँ हाइलक्सले पायो ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्याप(एएनक्याप) द्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा...

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...