होन्डाले थप्यो २ नयाँ बिग बाइक, अब नेपालमा ८ वटा मोडल उपलब्ध
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी इन्जिनमा उपलब्ध छ । जसमध्ये डिओ ११० बिएस४ र बिएस६ स्ट्यान्डर्डमा उपलब्ध छ भने १२५ बिएस ६ इन्जिनमा मा मात्रै बिक्री भइरहेको छ ।
आइतबारदेखी बिक्री प्रारम्भ हुन लागेको हिरो जुम भने बिएस६ इन्जिनमा मात्रै उपलब्ध छ । यो स्कुटरलाई नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले नेपालमै एसेम्वल गर्नेछ । जुमको बिक्री प्रारम्भ भएपछि यसको सिधा प्रतिस्पर्धा होण्डा डिओसंगै हुनेछ ।
इन्जिन र पर्फमेन्स
होण्डा डिओमा १०९ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ८ पिएस पावर र ९.०३ एनएम टर्क जेनेरेट गर्दछ । फ्यान कुल्ड कुलिङ सिस्टम दिइएको यो स्कुटरलाई ८३ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । साथै यसको माइलेज ५५ किलोमिटर दावी गरिएको छ ।
डिओमा भन्दा केही ठूलो इन्जिन राखिएको हिरो जुममा ११०.९ सिसी क्षमताको इन्जिन पाउन सकिन्छ । यो स्कुटरको पावर डिओको जत्ति नै ८ पिएस भएपनि टर्क भने जम्मा ८.७० एनएम मात्रै छ । जुन डिओको तुलनामा केही कम हो । जुममा एयर कुल्ड कुलिङ सिस्टम दिइएको छ । यसलाई ८७ किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ भने माइले ५० किलोमिटर दावी गरिएको छ ।
फिचर र सुबिधा
होण्डा डिओमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प दिइएको छ । साथै यसमा इन्जिन स्टार्ट स्टप स्विच, पासिङ स्विच, फ्रन्ट स्टोरेज पकेट र पूर्णत डिजिटल मिटर लागयत फिचर पाउन सकिन्छ । यसैगरी हिरो जुममा सिग्नेचर एच आकारको प्रोजेक्टर एलइडी हेडल्याम्प, एच आकारकै एलइडी टेल ल्याम्प, ब्लुटुथ कनेक्टिभिटी, डायमन्ड कट एलोई ह्विल र यूएसबी मोबाइल चार्जिङ लगायत फिचर दिइएको छ । दुबै स्कुटरमा कम्वाइन ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
डिओमा होण्डाले १८ लिटरको बुट स्पेस दिएको छ भने हिरो जुममा उक्त स्पेस १९.२ लिटरको पाउन सकिन्छ । यसैगरी, डिओको ग्राउन्ड क्लिरियन्स १५८ एमएम छ भने जुमको जम्मा १५५ एमएम मात्रै छ । यी दुबै स्कुटरमा ५.२ लिटर पेट्रोल भर्न सकिन्छ । साथै, सिट हाइट पनि लगभग उस्तैउस्तै छ ।
मूल्य र प्रतिस्पर्धा
होण्डा डिओ डिलक्स र स्ट्यान्डर्ड गरी कुल दुई भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः २ लाख २ लाख ७० हजार र २ लाख ६० हजार निर्धारण गरिएको छ । हिरो जुम पनि डिओ जस्तै भिएक्स र जेडएक्स गरी दुई भेरिएन्टमा लन्च हुने तयारीमा छ । आधिकारिक वितरक सिजी मोटर्सका अनुसार स्कुटरको मूल्य क्रमश २ लाख ६० हजार र २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिनेछ ।
डिओको तुलनामा १० हजार रुपैयाँले सस्तो पर्ने जुम नेपाली बजारको लागी नयाँ स्कुटर भएका कारण ग्राहकको आकर्षणमा पर्ने अनुमान गर्न सकिन्छ । हिरो जुमले जति धेरै बजार लियो त्यत्तिनै ११० सिसी सेग्मेन्टमा एकछत्र जस्तै राज गरेको डिओको हिस्सा घट्दै जानेछ ।
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
हीरोले आफ्नो लोकप्रिय मोटरसाइकल ग्ल्यामरलाई नयाँ इन्जिन दिएर पुनः बजारमा...
होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा ल्याएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...