दशैं–तिहारमा कारमा १२ लाख र बाइकमा १ लाखसम्मको बम्पर छुट, कुन कम्पनीको कस्तो अफर ?

काठमाडौं - यसपालीको दशैँमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने तपाईहरुको लागि गाडी तथा बाइक बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित बम्पर छुट र अफरहरु ल्याएका छन् । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै अटोमोबाइल बजारमा बम्पर छुट दिने लहर सुरु भएको छ ।

बाढी पहिरोका कारण प्रभावित अटो बजारमा कम्पनीले चाडपर्व अफर घोषणा सुरु गरेका छन् । चाडपर्वको अवसरमा नयाँ सवारी साधन किन्ने नेपालीहरूको परम्परा तथा प्रचलन बन्दै आएको छ ।

उक्त परम्परा लक्षित गरी सवारी साधन बिक्रेता कम्पनीहरुले धमाधम आकर्षक फेस्टिभ अफरहरू सार्वजनिक गरेका छन् । चाडपर्वमा ग्राहकको आकर्षण बढाउन, बिक्रीदर उकास्न तथा मौज्दात स्टक क्लियरेन्स गर्न अटो व्यवसायीहरूले यसपटक लोभलाग्दा छुट योजना सार्वजनिक गरेका छन् ।

विभिन्न सवारी साधन बिक्रेता कम्पनीहरूले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १२ लाख रुपैयाँसम्मको नगद छुट घोषणा गरेका छन् । नगद छुटका अतिरिक्त निःशुल्क सवारी कर, एक वर्षको पूर्ण तथा अटो प्लस बीमा, निःशुल्क होम चार्जर, वारेन्टी थप तथा लामो समयसम्म निःशुल्क सर्भिसिङजस्ता सुविधाले ग्राहकलाई थप आकर्षित गर्न खाजेका छन् ।

एक्सपेङ– सबैभन्दा धेरै १२ लाखसम्मको विशेष छुट
दशैं अफरमा सबैभन्दा ठूलो रकमको छुट एक्सपेङ ब्राण्डमा देखिएको छ । नेपालका लागि एक्सपेङको आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सपेङ जी–६ खरिद गर्दा ग्राहकलाई सिधै १२ लाख रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ ।

नगद छुटबाहेक ग्राहकले ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक आर्थिक वर्षको सडक दस्तुर तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले आफ्नै घरमा बसेर गाडीको टेस्ट ड्राइभ गर्ने र प्रविधि बुझ्ने विशेष सुविधा पनि पाउनेछन् ।

होन्डा – कारमा १० लाख छुट, बाइकमा स्क्र्याच कुपन
होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले चारपांग्रे र दुईपांग्रे दुवै सवारीमा आकर्षक अफर ल्याएको छ ।

फेस्टिभ अफर होण्डाको सफर अन्तर्गत होण्डाका कारहरु सीआरभी, एलिभेट, सिटी तथा सिटी हाइब्रिड लगायत खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । साथै, १ आर्थिक वर्षको सडक कर, फुल इन्स्योरेन्स र स्पट एक्सचेन्ज सुविधासँगै आकर्षक एक्सचेन्ज बोनस पनि पाइनेछ। यो अफर आगामी कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

बाइक तथा स्कुटरतर्फ –यो दसैँ, आशाको सुरुवात योजना अन्तर्गत नयाँ बाइक वा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सकिनेछ । यसबाहेक सहयोगको संकल्प अन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ ।

जीएसी आयोन– ९ लाख रुपैयाँसम्मको महाबचत
प्रिमियम विद्युतीय सवारी साधन खोज्ने ग्राहकका लागि जीएसी आयोनले ‘दशैंको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ। सीजी मोटर्सका अनुसार यो योजना अन्तर्गत आयोनका ईभी खरिद गर्दा ९ लाख रुपैयाँसम्मको आकर्षक छुट प्राप्त हुनेछ। यसका साथै एक्सचेन्जमा आकर्षक बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स तथा ६.६ किलोवाटको घरायसी चार्जर निःशुल्क उपलब्ध गराइनेछ।

हुन्डाई– नगद छुटसँगै ८ लाखसम्म जित्ने मौका
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ ड्राइभ २०८३ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडीको खरिदमा सिधै ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर कुल ८ लाखसम्मको फाइदा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षकै सडक कर र हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिन घोषणा गरेको छ ।

एमजी मोटर– ३ लाख रुपैयाँसम्मको बचत
एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले ड्राइभ मोर, सेलिब्रेट मोर चाडपर्व अफर सार्वजनिक गरेको छ ।

असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विद्युतीय तथा हाइब्रिड मोडलहरू एमजी फोर, एमजी एस–५, एमजी एस–६, आईएम–६ र यू–९ पिकअप सवारी खरिदमा ३ लाख रुपैयाँसम्मको बचत लाभ प्राप्त हुनेछ । उक्त अफरमा निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क सडक कर, सहज एक्सचेन्ज र फाइनान्स सुविधा समावेश छन्।

जीडब्लुएम– गो विथ मोर फेस्टिभ अफर
भीजी इम्पेक्स प्रालिले ग्रेटवाल मोटर (जीडब्लुएम) का गाडीहरूमा गो विथ मोर अफर ल्याएको छ । जसअन्तर्गत विद्युतीय एसयूभी ओरा फाइभ ५ खरिदमा २ लाख रुपैयाँसम्म र ह्याबल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मको लाभ पाइनेछ । यो योजनामा निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर र एसेसरिज उपलब्ध छन् ।

आइकार र ओमोडा÷जेको–२ लाख छुट
एसपीजी अटोमोबाइल्सले आफ्ना विभिन्न लोकप्रिय मोडलहरूमा नगद छुट र आकर्षक प्याकेज ल्याएको छ ।

आइकार भी २३ खरिदमा ५३ लाख ९९ हजार मूल्य रहेको यो मोडल २ लाख छुटसहित ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । साथै ११ वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको वार्षिक कर, १ वर्षको बीमा र ७ किलोवाटको वाल चार्जर पाइनेछ ।

ओमोडा तथा जेको खरिदमा ओमोडा ई–फाइभका दुवै भेरियन्टमा १ लाख, जेको जे–फाइभमा ३ लाख र जे–सिक्स टीमा २ लाख रुपैयाँ नगद छुट दिइएको छ । यी गाडीमा पनि १ वर्षको कर, बीमा र ७ किलोवाटको चार्जर निःशुल्क छ ।

बजाज मोटरसाइकल– गेम अफ पावर, चेतकको ‘फेस्टिभ फाइभ’ 
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज गेम अफ पावर – खेल्ने हो? अभियान ल्याएको छ ।

कम्पनीको उक्त अभियान अन्तर्गत बजाजको नयाँ मोटरसाइकल किन्ने ग्राहकले नगद १ लाख रुपैयाँसम्मको उपहार जित्न सक्नेछन् । स्मार्ट घडी तथा विशेष उपहारहरू समेत राखिएको छ ।

डिजिटल रूपमा जोडिन चाहनेहरूका लागि पल्सर रेसिङ गेम पनि सञ्चालन गरिएको छ । जहाँ उत्कृष्ट प्रदर्शन गर्नेले विभिन्न उपहार र मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् ।

बजाज चेतकले दसैंदेखि छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन् । जसमा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्मको क्यासब्याक, पाँच वर्षको वारेन्टी, पाँच वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन् ।

चाडपर्वमा अटोमोबाइल बजार उपभोक्तामैत्री देखिएको छ । ईभीको बढ्दो मागलाई सम्बोधन गर्दै अधिकांश कम्पनीहरूले चार्जर, बीमा र करको भारी ग्राहकको काँधबाट हटाउने प्रयास गरेका छन् ।

नयाँ गाडी वा बाइक किन्ने सोच बनाउनुभएका ग्राहकका लागि यो चाडपर्व आर्थिक रूपमा निकै फाइदाजनक साबित हुने देखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...