हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो मोटरसाइकल लन्च गर्ने भएको छ । हार्ले डेभिड्सन एक्स–४४० मा आधारित नयाँ मोटरसाइकल माभ्रिक–४४० लाई कम्पनीले छिट्टै बेलायती बजारमा लन्च गर्न लागेको हो ।

प्रिमियम ब्राण्ड हार्ले डेभिड्सनसंग सहकार्य गरेपछि हिरोको बाइक बेलायती बजारमा समेत उपलब्ध हुन लागेको र यसले कम्पनीलाई ठूलो फाइदा पुगेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । बेलायत हुँदै यूरोपका अन्य देश र अमेरिकामा समेत माभ्रिक–४४० लाई लन्च गर्ने हिरो मोटोकर्पले योजना बनाएको छ ।

बेलायतमा सो नयाँ मोटरसाइकलले ट्रायम्फ स्पिड ४०० र रोयल इन्फिल्ड बुलेट ३५० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ट्रायम्फ स्पिड ४०० को तुलनामा यसको मूल्य आधाले सस्तो हुने कम्पनीको भनाई छ । हिरोले सो नयाँ मोटरसाइकललाई भारतमा १ लाख ९९ हजार भारुमा बिक्री गर्दै आएको छ ।

माभ्रिक ४४० लाई बेलायतमा ए२ लाइसेन्स होल्डरले मात्र प्रयोग गर्न पाउनेछन् । बेलायतमा १९ वर्ष अर्थात सो भन्दा बढी उमेर भएका राइडरले ए२ लाइसेन्स पाउने र उनीहरुले ३५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल प्रयोग गर्न पाउने नियम छ ।

माभ्रिक–४४० मा हिरोले ४४० सिसी क्षमताको एयर कुल्ड इन्जिन जडान गरेको छ । जसको पावर २७ बिएचपी र टर्क ३६ एनएम छ । जबकी उसको प्रतिस्पर्धीका रुपमा लिइएको ट्रायम्फ स्पिड ४०० मा ३९८ सिसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ३९.५ बिएचपी पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ । दुबै बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएपनि फिचरमा भने ठुलै अन्तर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

२ लाख भन्दा कम मूल्य मै  खरिद गर्न सकिने ५ स्कुटर

२ लाख भन्दा कम मूल्य मै खरिद गर्न सकिने ५ स्कुटर

चलाउन सजिलो र मूल्य समेत कम पर्ने विशेषताका कारण स्कुटर आम नेपाली...

पोर्टफोलियो सशक्त बनाउँदै हिरो, सार्वजनिक गरियो नेपालमै एसेम्बल गरिएका दुई नयाँ मोडल

पोर्टफोलियो सशक्त बनाउँदै हिरो, सार्वजनिक गरियो नेपालमै एसेम्बल गरिएका दुई नयाँ मोडल

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी (फिचर र मुल्य सहित)

सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...