यामाहा सर्भिस इन्चार्ज मिट सम्पन्न
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले...
चितवनको भरतपुरस्थित मिलन चोकमा यामाहा मोटरसाइकलको नयाँ ब्लु स्क्वायर शोरुम तयारी अवस्थामा छ । आगामी बैशाख महिना देखि औपचारिक रुपमा संचालनमा आउने तयारी भएको उक्त शोरुमलाई यामाहाको चितवनको आधिकारिक बिक्रेताका रुपमा नवीन अटो सेन्टरले संचालनमा ल्याएको हो । त्यसैगरी भाटभटेनी पछाडि न्युमेटिक सिस्टम सहितको वर्कशप पनि संचालित छ । अत्याधुनिक उपकरण प्रयोग गरी मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गरिने उक्त वर्कशपमा सर्भिसिङ गर्न पाउँदा ग्राहक खुसी हुने नै भए ।
यामाहाको नेपालमा सबैभन्दा पुरानो डिलर मध्ये एकमा गनिने नवीन अटो सेन्टरलाई पछिल्लो समयमा निर्देशकको रुपमा सुनिता लिगल कर्माचार्यले अगाडि बढाइरहेकी छिन् भने चितवन जिल्लामै अटोेमोबाइल क्षेत्रमा कार्यरत अग्रणी महिलाको रुपमा उनको पहिचान कायम छ ।
पोखरा रामकृष्ण टोलको व्यापारिक परिवारमा जन्मेकी सुनिता शैक्षिक योग्यताका आधारमा इलेक्ट्रोनिक ओभरसियर हुन् । व्यापार व्यवसायमा उनको मोह सानै उमेरदेखि थियो । चितवनमा बुवा स्वर्गीय कृष्णसागर कर्माचार्यले स्थापना गरेका नवीन अटो सेन्टर संचालन गरिरहेका छोरा कपिलसागर कर्माचार्यसँग २०६३ सालमा विवाह पश्चात अटो व्यवसायको क्षेत्रमा सुनिताको प्रवेश भएको हो । कुनै समयमा भारतको दिल्लीमा मेकानिक्सको काम गरी बेस्ट मेकानिक्स पुरस्कारबाट सम्मान समेत प्राप्त गरिसकेका कृष्णसागर कर्माचार्यको पहिचानलाई थप उजागर गर्न सुनिता सफल भएकी छिन् ।
यामाहा ब्रान्डका बाइक र स्कुटर चितवन क्षेत्रमा पनि लोकप्रिय छन् । पछिल्लो समयमा बजारमा भित्रिएको यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर अहिले चितवनका सडकमा पनि प्रशस्तै देखिन थालेका छन् । यो यामाहाकै सबैभन्दा बढी रुचाइएको स्कुटर हो । सो स्कुटर महिला राइडरहरुका लागि समेत निकै नै उपयुक्त छ ।
विभिन्न मोडलका यामाहाका स्कुटर महिला राइडरहरुले समेत निकै नै रुचाएका पाइन्छन् । महिला ग्राहकहरु त झन् सोरुममा सुनितालाई देख्दा खुसी हुन्छन् । आखिर महिलामैत्री वातावरण उनीहरुका लागि पनि रुचिकर हुने नै भयो । यद्यपि मोटरसाइकलका बारेमा समेत जान्न चाहनेहरु सबैलाई आफूले ढुक्कका साथ जानकारी दिने गरेको सुनिता बताउछिन् ।
ग्राहकको सन्तुष्टि नै आफूहरुको चाहना भएको सुनिता बताउछिन् । चितवनमा यामाहाको सेल्स, सर्भिस र स्पेयर पार्ट्स सबै संचालित छ । यामाहाको नेपालका लागि आधिकारिक बितरक एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना सबै कर्मचारीलाई सबै क्षेत्रको तालिम प्रदान गरेको उनी बताउछिन् । नवीन अटो सेन्टरले नेपाल भरीका यामाहा डिलरहरु मध्येबाट सबैभन्दा राम्रो डिलरको रुपमा डिलर अफ द इयर पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
यामाहा ब्रान्डका बाइक र स्कुटर चितवन क्षेत्रमा पनि लोकप्रिय छन् । पछिल्लो समयमा बजारमा भित्रिएको यामाहाको रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर अहिले चितवनका सडकमा पनि प्रशस्तै देखिन थालेका छन् । यो यामाहाकै सबैभन्दा बढी रुचाइएको स्कुटर हो । सो स्कुटर महिला राइडरहरुका लागि समेत निकै नै उपयुक्त छ ।
यामाहाका उत्पादनहरुको सेल्स, सर्भिस र स्पेयर पार्ट्स गरी सबै क्षेत्रमा पु¥याइएको योगदानका आधारमा यो सम्मान प्रदान गरिएको थियो । यो उपलब्धी हासिल गर्नुमा नवीन अटो सेन्टरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको टिमवर्कको महत्वपूर्ण भूमिका भएको सुनिता बताउछिन् । तर पनि निर्देशकको नाताले सुनिताको योगदानलाई पनि कम आँक्न मिल्दैन ।
चितवन क्षेत्रमा बाइक सेगमेन्टमा समेत यामाहाका बाइक रुचाइएको ब्रान्डमा पर्छन् । पछिल्लो समयमा एफजेडएस भी३ र एमटी १५ जस्ता बाइक धेरै रुचाएको पाइन्छ । विभिन्न नयाँ र एड्भान्स्ड टेक्नोलोजी चाहनेहरुका लागि यामाहाका बाइक रोजाइमा परेको छ ।

नवीन अटो सेन्टरले यामाहाका बाइकका बारेमा चेतना जगाउनका लागि समय समयमा विभिन्न सामाजिक गतिविधि पनि गर्दै आइरहेको छ । विभिन्न प्रकारका क्याम्प र टेस्ट राइड तथा माइलेज च्यालेन्ज जस्ता कार्यक्रम पनि भइरहेका हुन्छन् । अन्य कुनै ब्रान्डको बाइकलाई निःशुल्क मर्मत गरिदिने सुविधा पनि उपलब्ध गराएको नवीन अटो सेन्टरले विभिन्न स्थानमा एक्सचेन्ज क्याम्पको पनि आयोजना गरेको छ ।
त्यसैगरी सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रकारको ट्राफिक सचेतना र सुरक्षा सचेतनामूलक कार्य समेत गर्दै आइरहेको छ ।
सुनिताको नेतृत्वमा नवीन अटो सेन्टर अन्तर्गत यामाहाको सेल्स, सर्भिस र स्पेयर पार्ट्स गरी थ्रीएस सुविधा उपलब्ध छ । सुनिता लिगल कर्माचार्य विभिन्न सामाजिक गतिविधिमा पनि संलग्न छिन् । उनी हाल उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिको निर्वाचित सदस्य हुन् । नारायणगढ लेडी जेसिजकी पूर्व अध्यक्ष, लायन्स क्लवको संस्थापक अध्यक्ष आदि उनको अर्को पहिचान हो ।
यी वाहेक उनी चितवन अटोमोबाइल्स एसोसिएसनकी सदस्य, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनकी सदस्य तथा चितवन अटो बचत तथा ऋण सहकारी संस्थाकी संचालक सदस्य समेत हुन् ।
उनी नारायणगढ लेडी जेसिज २०१५ की अध्यक्ष हुन् । त्यसैगरी उनी चितवन अटोमोबाइल्स एसोसिएसन र अटो बचत तथा ऋण सहकारी संस्थाको सदस्य समेत हुन् ।
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले...
यामाहाले भारतीय बजारमा एमटी १५ को अपडेटेड भर्सन लन्च गरेको छ, जसमा नयाँ...
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...